7 months ago
August 26, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगञ्ज म्याराथनको दशक उत्सवअघि ३ असोजमा नेपालमै पहिलोपटक १० किमी नाइट रन आयोजना हुने भएको छ।
धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालगन्ज १० किमी रात्रीदौड संविधान दिवस असोज ३ गते बिहिबार आयोजना हने बताइएको छ।
राति ९ बजे स्थानीय बिपीचोकबाट दौड सुरु हुनेछ । एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट प्रमाणीकरण रुटमा रात्रीकालीन दौड सञ्चालन गर्नलागिएको हो ।
नेपालगञ्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्डसले धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई भव्य बनाउन अन्य विभिन्न १० इभेन्टसँगै रात्रीदौड आयोजना गर्न लागेको जनाएको छ ।
धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करण मंसिर २२ गते हुने यसअघि नै घोषणा भइसकेको छ । भदौ १ गतेबाट खेलाडी दर्तासमेत खुलिसकेको छ ।
पहिलोपटक आयोजना हुनलागेको हुँदा नाइट रनमा व्यवसायिक र कम्तिमा ५ किमी दौंडको अनुभव भएका धावक–धाविकालाई मात्र सहभागी गराइने आयोजकको तयारी छ ।
नाइट रनमा पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइने छ । १० किमी रात्रीदौडसँगै अन्यका लागि फन रनका रुपमा सहभागी गराइने छ ।
पुरुष र महिलातर्फका विजेताले २५, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । भेट्रानको विजेताले १५ ,दोस्रोले १० र ५ तेस्रोले हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसका लागि भदौ १५ गतेदेखि २० गतेसम्म दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।
रात्रीकालीन दौड भिन्दै प्रकृतिको भएको हुँदा आयोजकले बिशेष व्यवस्थापन, तयारी र सुरक्षा प्रबन्ध मिलाएको बताएको छ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन २०६३ मंसिर ५ गतेको स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएकोमा नेपालगन्ज म्याराथन यो वर्ष कर्णालीमा राष्ट्रिय खेलकुद् परेकोले केहि सातापछि सारिएको हो ।
दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमायात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मंसिरमा नेपालगन्जको बीपीचोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दैआएको छ ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]