7 months ago
August 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक्सको अन्तिम दिन आइतबार नेपालकी धाविका सन्तोषी श्रेष्ठले महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन्।
युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा सहभागी भएकी हुन् । सन्तोषी गत १५ गते पेरिस गएकी थिइन्। दश दिन पेरिसमा नै उनले प्रशिक्षण गर्ने मौका पाइन्। त्यहाँको माहोलसँग अभ्यस्त भइन्।
कोर्स देखेर हच्किएपनि आज इथियोपियाका तोला तामिरतले ओलम्पिक कीर्तिमानसहित शनिबार पुरुष म्याराथन जितेपछि हौसला थपिएको सन्तोषीले बताइन्। चुनौती छ र त्यसलाई अवसरको रूपमा बदल्दै देशको लागि सक्दो प्रयास गर्ने उनले बताइन्।
५ वर्षअघि सन्तोषीले नेपालको लागि १३औं दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन। पछिल्लो समय घरेलु म्याराथनमा उनी छाइरहेकी छिन्।
नेपालबाट सहभागी सात मध्ये ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन। जहाँ पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए।
यस बाहेक अन्य खेलाडीहरू टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका थिए।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]