9 months ago
June 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबकी राजपुरा पछाईले राष्ट्रिय खुल्ला महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेकी छिन् ।
राजपुरा १ घण्टा १९ मिनेटमा दौड पूरा गर्दै उपाधि जितेकी हुन् । पुलिसकै राममाया बुढा दोस्रो भइन् । १ घण्टा २३ मिनेट १० सेकेण्डमा दौड पूरा गरकी थिइन्।
नेपाल एपिएफ क्लब पुष्पा भण्डारी तेस्रो भइन्। १ घण्टा २५ मिनेट ४५ सेकेण्ड दौड पूरा गरिन् ।
स्वयम्भू एफपीएफ क्लबबाट सुरु भएर बसपार्क, चक्रपथ महाराजगंज , लाजिमपाट, केशर महल त्यसपछि जमल रत्नपार्क अनि त्रिपुरेश्वर कालिमाटी कलंकी हुँदै स्वयम्भु पुगेर दौड पूरा भएको थियो।
सशस्त्र प्रहरी परिवार महिला संघको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताकी विजेता राजपुराले १ लाख, राममायाले ७५ हजार र पुष्पाले ५० हजार रुपैयाँ प्राप्त गरिन् ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]