8 years ago
February 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा धाविका मिरा राईलाई हिमाली कला संघले सम्मान गरेको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा नेशनल जियोग्राफी च्यानलले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च बनाएको मिरालाई संघले सम्मान गरेको हो ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले मिरालाई दोसल्ला र ताम्रपत्रले सम्मान गरेका हुन् । सोही कार्यक्रममा मिरासँगै बालाजु कराते एकेडेमिका अध्यक्ष एव्म अन्तराष्ट्रिय रेफ्रि धुव्र विक्रम मल्ल पनि सम्मानित भएका छन् । मिराले अझैपनि देशको नामलाई उचाईमा पुर्याउन र भावि पुस्ताकापनि उत्साहित बनाउनमा आफु प्रयासरत रहने बताइन् ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]