8 months ago
May 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी राजपुरा पछाईं र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले १२ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । राजपुराले लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्दा दीपक पहिलो पटक विजेता बनेका हुन् ।
महिलातर्फ राजपुराले १ घण्टा २२ मिनेट २५ सेकेन्डको टाइमिङ निकाल्दै उपाधि जितिन् । गत वर्ष उनी १ घण्टा १९ मिनेट १६ सेकेन्डबाट विजेता बनेकी थिइन् । एपीएफ क्लबकी पुष्पा भण्डारी १ घण्टा २५ मिनेट ३४ सेकेन्डबाट दोस्रो भइन् ।
केन्याकी धाविका ज्याकलिन जेटाउनुई १ घण्टा २६ मिनेट ५४ सेकेन्डबाट तेस्रो भइन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २९ मिनेट ६ सेकेन्डसाथ चौथो, अमेरिकाकी क्याटलिन सुल्टेइ १ घण्टा ५१ मिनेट ४५ सेकेन्डसाथ पाँचौं र शर्मिला बस्नेत २ घण्टा ५ मिनेट २३ सेकेन्डसाथ छैटौं भए ।
कान्तिपुर पब्लिकेशन्स लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनमा दीपकले १ घन्टा ७ मिनेट १५ सेकेन्डको टाइमिङ निकाल्दै गत वर्षका विजेता मुकेश पाललाई ४४ सेकेन्डले पछाडि पारेका थिए । आर्मीका मुकेश १ घन्टा ७ मिनेट ५९ सेकेन्डमा दुरी पार गरे ।
‘रन टु इन्स्पायर द योङ’ नारा दिइएको कान्तिपुर हाफ म्याराथन कान्तिपुरको कार्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको थियो । हाफ म्याराथन दौड थापाथली, माइतीघर मण्डल, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर सोही हु“दै पुनः सेन्ट्रल बिजनेस पार्क आएर टुंगिएको थियो ।
एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ८ मिनेट १४ सेकेन्डसहित तेस्रो भए । आर्मीका सुशील शाही १ घण्टा ८ मिनेट ४८ सेकेन्डबाट चौथो, किरणसिंह बोगटी १ घण्टा १० मिनेट १८ सेकेन्डबाट पाँचौं र गजेन्द्र राई १ घण्टा १५ मिनेट ४३ सेकेन्डबाट छैटौं भए । दुवैतर्फ विजेताले समान १ लाख, दोस्रोले ५०, तेस्रो ३०, चौथो २०, पाँचौं १० र छैटौं ५ हजार रुपैयाँ प्राप्त गरे ।
मिङ्मार तामाङ र सुसन कार्कीले कान्तिपुर हाफ म्याराथनको कलेज रन जितेका छन् । पुरुषतर्फ मिङ्मारले २२ मिनेट ०२.९ सेकेन्ड र महिलातर्फ सुसनले २९ मिनेट ५५.८ सेकेन्डमा दौड पूरा गरे । पुरुषतर्फ विश्वराम कुँवर २२ मिनेट ३१.२ सेकेन्ड, रेम बुढामगर २२ मिनेट ५१.८ सेकेन्ड, पुकारजंग बस्नेत २३ मिनेट २५.४ सेकेन्डसाथ चौथो, लोकेन्द्र राई २३ मिनेट ३०.७ सेकेन्डसाथ क्रमशः दोस्रोदेखि पाँचौं भए ।
महिलातर्फ रेजिना दुलाल ३० मिनेट १३.९ सेकेन्डबाट दोस्रो र मन्जु सुनुवार ३१ मिनेट १५.१ सेकेन्डबाट तेस्रो भए । निसम सुब्बा ३२ मिनेट ५१.८ सेकेन्डबाट चौथो र सजिना कार्की ३६ मिनेट १८.२ सेकेन्डबाट पाँचौं भए । कलेज र कर्पोरेट रनको महिला र पुरुषतर्फ शीर्ष ३ का विजेताले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाएका थिए ।
आर्मीकी कृपा अधिकारी २३ मिनेट २५.७ सेकेन्डसहित कर्पोरेट रनमा विजेता बनिन् । विनिता महर्जन २५ मिनेट १०.७ सेकेन्डसाथ दोस्रो भइन् । उनले गत वर्ष पनि दोस्रो स्थानमा दौड टुंग्याएकी थिइन् । सीता रिमाल २६ मिनेट ०४.६ सेकेन्डसाथ तेस्रो, पूर्व विजेता लादेन प्रधान २६ मिनेट २१.६ सेकेन्डसाथ चौथो भए ।
पुरुषतर्फ विकेश घिमिरे विजेता बने । गत वर्ष पनि उनी नै विजेता बनेका थिए । सेन्ट्रल बिजेनस पार्कबाट सुरु भएको ५ किमि कर्पोरेट रेस थापाथली, माइतीघर मण्डल, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ती लगाएर पुनः सोही रुट हु“दै सेन्ट्रल बिजनेस पार्कमा आएर टुंगिएको थियो ।
त्यसमा विकेशले १७ मिनेट १५.४ सेकेन्ड लगाए । अनिल थापा १८ मिनेट ३७.९ सेकेन्डबाट दोस्रो र मदनसिंह भाट १८ मिनेट ५९.७ सेकेन्डबाट तेस्रो भए । उपेन्द्र कठायत २० मिनेट २२.२ सेकेन्डबाट चौथो र विद्यामान महतारा २० मिनेट २८.२ सेकेन्डबाट पाँचौं भए । रमेश खत्री र ऐश्वर्य कुमाल यस वर्ष पनि ह्विलचेयर रेसतर्फ विजेता बनेका छन् । गत वर्ष यी दुई नै विजेता बनेका थिए । रमेशले भने तेस्रोपल्ट उपाधि जितेका हुन् ।
सेन्ट्रल बिजेनस पार्कबाटै सुरु ह्विलचेयर रेस माइतीघर मण्डल फन्को लगाएर पुनः सोही ठाउ“मा आएर टुंगिएको थियो । आर्मीका रमेशले ३ मिनेट १९.९ सेकेन्डमा रेस पूरा गरे । आर्मीका दानबहादुर थिङ ३ मिनेट ४९.७ सेकेन्डबाट दोस्रो, गोकर्णेश्वरका रामकाजी मिजार ४ मिनेट ३६.३ सेकेन्डबाट तेस्रो भए । हेटौंडाका दीपक तिमल्सिना ५ मिनेट ०८.५ सेकेन्डबाट चौथो र मूलपानीका होमबहादुर मगर ५ मिनेट ४०.१ सेकेन्डबाट पाँचौं भए ।
माकलबारीकी ऐश्वर्यले ५ मिनेटमा ३६.५ सेकेन्डमा रेस पूरा गरिन् । पाँच पटककी पूर्व विजेता यामी झाक्रीमगर ५ मिनेट ३८.८ सेकेन्डबाट दोस्रो भइन् । खोटाङकी रजनी राई ५ मिनेट ४६.५ सेकेन्डबाट तेस्रो, जोरपाटीकी पेमा गुरुङ ६ मिनेट ०६.७ सेकेन्डबाट चौथो र कपनकी मीना मगर ७ मिनेट १४.३ सेकेन्डबाट पाँचौं भए । ह्विलचियर रेसका विजेताले ३० हजार, दोस्रोले २० र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाए ।
January 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण अर्को महिना आयोजना हुने भएको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन माघ १२ गते हुने सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, […]
December 7, 2024
नेपालगन्ज ( हाम्रो खेलकुद) – दसौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दौड शनिवार २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै खडकले उपाधि जितेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया दोस्रो र सुशील कुमार तस्रो भए । खडक गत संस्करणका उपविजेता र आठौं संस्करणका […]
November 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंकी सन्तोषी श्रेष्ठ र नेपाली सेनाका मुकेश पालले शनिवार गरिमा रोड रेसको उपाधि जितेका छन्। १० किलोमिटर दौड महिलामा सन्तोषी र पुरुषमा मुकेश पहिलो भएका हुन् । गरिमा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी […]