default_image

10 months ago

May 17, 2024

सन्तोषीले ओलम्पिक खेल्ने पक्का

1298 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ। सन्तोषीले पेरिस ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गर्ने भएकी हुन्।

युनिभर्सियालिटी कोटामा उनले ओलम्पिक खेल्ने भएकी‌ हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी ) र नेपाल एथलेटिक्स संघबाट युनिभर्सियालिटीका लागि सन्तोषीको सिफारिस गरेको थियो।

सन्तोषीको‌ नाम ओलम्पिकमा खेल्ने पक्का भएको जानकारी एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैधले जानकारी दिए।

अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघबाट आफ्नो स्वीकृत भएको जानकारी आजै आएको सन्तोषीले बताइन्। 
‘मौका पाउँछु कि पाउँदिन भन्ने थियो, सन्तोषीले भने, ओलम्पिक खेल्ने सपना पूरा हुने भएको छ । अब कसरी राम्री नतिजा दिन सकिन्छ भन्नेमा मेरो तयारी र ध्यान हुनेछ।’ पेरिस ओलम्पिक आगामी जुलाई २६ देखि अगस्ट ११ सम्म हुँदैछ।

सन् २०१९ मा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटरमा स्वर्ण पदक जितेकी थिइन्। साग इतिहासमा एथलेटिक्समा नेपालका लागि स्वर्ण जित्ने उनी पहिलो महिला खेलाडी बनेकी थिइन्।

गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी थिइन्। गत वर्षबाट म्याराथन दौडमा डेब्यूमै सन्तोषीले स्वर्ण पदक जितेकी थिइन्। गत वर्ष बंगलादेशमा भएको बंगबन्धु म्याराथनको दक्षिण एसियालीतर्फ विजेता बनेकी थिइन्।

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

March 6, 2025

नेपालले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]

Success

Thank you for your time.