10 months ago
May 11, 2024
सुर्खेत (हाम्रो खेलकुद)- एपिएफकी पुष्पा भण्डारी र त्रिभुवन आर्मी क्लबका नरेन्द्रसिंह रावतले प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि जितेका छन् ।
शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर(सुर्खेत)मा आयोजित कर्णाली हाफ म्याराथनमा पुष्पाले १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पूरा गरी प्रथम भएकी हुन् । नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर दुरी पार गरी उपाधि जितेका हुन् ।
पुरुषतर्फ आर्मीका रामजी बस्नेत एक घण्टा ११ मिनेट ४८ सेकेन्डका साथ दोस्रो र श्रीकस राईले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दुरी पूरा गरी तेस्रो भए ।
त्यस्तै महिलातर्फ आर्मीकी सिर्जना पाण्डे १ घण्टा ३२ मिनेट ४३ सेकेन्डका साथ दोस्रो र जुम्लाकी राज्य रावलले १ घण्टा ३६ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पुरा गरी तेस्रो भइन् । दुवैतर्फको विजेताले ५५ हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गरे।
हाफ म्याराथन ४५ बर्ष माथि उमेर समुहमा काठमाडौंका धर्म महर्जन एक घण्टा २२ मिनेट समय सहित पहिलो भए ।काठमाडौंकै रेवत दाहाल १ घण्टा २५ मिनेट ७ सेकेन्डकासाथ दोस्रो र बुटवलका गंगाबहादुर पुनले १ घण्टा ४८ मिनेट २ सेकेन्डसहित तेस्रो भए। विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार हजार रुपैयाँ प्राप्त गरे।
विद्यालयस्तरी ५ किलोमिटर छात्रतर्फ सुर्खेतका अजय विक पहिलो, सुर्खेतकै रमेश बुढा दोस्रो र मुगुका नमराज बानियाँ तेस्रो भए । छात्रातर्फ सुर्खेतका विमला कार्की पहिलो, सुर्खेतकै पुर्णिमा बुढाक्षेत्री दोस्रो र कालिकोटकी लक्ष्मी शाही तेस्रो भइन् । छात्र छात्राको विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गरे ।
५ किलोमिटर दौडमा एसओएस हर्मन माइनर विद्यालयका साढे आठ बर्षका बालक प्रेम बस्नेतले समेत दौड पूरा गरेका थिए । उनलाई आयोजकले २ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरेको थियो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव बिश्वमित्र सन्ज्याल, वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदी, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, विश्व कीर्तिमानधी धावक हरिबहादुर रोकाय, डा. नवराज केसी, कर्मचारी युनियनका अध्यक्ष बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।
स्थानीय घण्टाघर चोकबाट सुरु भएको दौड कालिन्चोक खजुरा हुँदै राजमार्गको बाटोमा धुलियाबिट पुगेर त्यहाँबाट सिर्ध बांगेसिमल चोक पुगि पुनः सोही रुटबाट मंगलगढी चोक हुँदै वीरेन्द्र चोकबाट सभागृह गेट हुँदै घण्टाघर पुगेपछि हाफ म्याराथन पुरा भएको थियो । वरिष्ठ वाद्यवाधक प्रेमदेव गिरीको मादलको तालमा मुख्यमन्त्रीले झ्याली बजाएर प्रथम कर्णाली हाफ म्याराथन उदघाटन गरिएको थियो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग, रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा कर्णाली हाफ म्याराथनमा केएल दुगड ग्रुपको ज्ञान खाद्यान्न टाइटल स्पोन्सर रहेको छ भने वीरेन्द्रनगर नगरपालिका मुख्य साझेदार रहेको छ ।
कर्णाली हाफ म्याराथनमा कर्णाली केयर इन्टरनेशनल हस्पिटल, रेडपान्डा, हस्पिटालिटी पार्टनर होटल शुभ र सिद्धार्थ, आइएसपी पार्टनर भायनेट, नेपाली सेना, नेपाल प्रहरी, सोसल मिडिया पार्टनर मोटे ग्याङ तथा विभिन्न विद्यालयको सहकार्य रहेको बताइएको छ।
यसै वर्ष मंसिरमा कर्णालीमा आयोजना हुने दसौं बृहत राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्नेगरी प्रथम ज्ञान कर्णाली हाफ म्याराथन आयोजना गरिएको जनाउँदै रेस नेपालका अध्यक्ष टीएस ठकुरीले उपयुक्त समयमा हरेक बर्ष हाफ म्याराथन आयोजना गर्ने र स्तरोन्नति गर्दै लगिने जानकारी दिए ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]