10 months ago
May 6, 2024
सुर्खेत (हाम्रो खेलकुद) – यसै साता आयोजना हुने प्रथम कर्णाली हाफ म्याराथनलाई केएल दुगड ग्रुपको उत्पादन ज्ञान खाद्यान्नले मुख्य प्रायोजन गर्ने भएको छ । हाफ म्याराथन शनिबार आयोजना हुँदैछ ।
केएल दुगड ग्रुपको सहकार्यसँगै अब ज्ञान कर्णाली हाफ म्याराथन नामाकरण हुने बताइएको छ । केएल दुगड ग्रुपको उत्पादन धारा तेल लामो समयदेखि नेपालगन्ज म्याराथनमा मुख्य प्रायोजक रहँदै आएको छ । दुवै म्याराथनको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले गर्दै आएको छ ।
सहकार्य गर्न पाउँदा केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडले सुखी व्यक्त गरेका छन् । ‘स्वस्थ खाद्यान्न उत्पादनका लागि केएल दुगड ग्रुप जति गम्भीर छ, स्वस्थ रहन जागरण फैलाउने दौड सम्बन्धि इभेन्टलाई सहयोग गर्न पनि उत्तिकै तत्पर छ ’ सिईओ छाजेडले भने, ‘कर्णाली जस्तो भर्जिन ल्याण्डमा हुने म्याराथनलाई माथि उठाउन केएल दुगड ग्रुप सदैव तत्पर छ , कर्णाली म्याराथन चाँडै अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त म्याराथनका रुपमा स्थापित हुनेछ ।’
कर्णाली हाफ म्याराथनलाई क्रमिक रुपमा दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवद्र्धन गराउने इभेन्टका रुपमा स्थापित गराउने आयोजकको तयारी छ । यस वर्ष आयोजना हुने दसौं राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्नेगरी कर्णाली हाफ म्याराथन आयोजना गर्न लागिएको बताइएको छ ।
पहिलो संस्करणको सफलतासँगै हरेक बर्ष उपयुक्त समयमा कर्णाली हाफ म्याराथन आयोजना गरिने जनाइएको छ।
कर्णाली हाफ म्याराथनको संयोजन वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीले गरेका छ् । त्यसैगरी कुमारशमसेर थापालाई सदस्यसचिवको जिम्मेवारी दिएको छ ।
नेपालगन्ज म्याराथन आयोजना एवं व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले दौड संस्कृतिको प्रवद्र्धन गर्दै प्रतिभाशाली खेलाडी खोज अभियान अन्तर्गत कर्णाली हाफ म्याराथन गर्न लागेको जनाएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदसँगको आर्थिक सहयोग साझेदारी तथा अन्य स्थानीय पालिका एवं नीजि क्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन हुन लागेको रेस नेपालका अध्यक्ष टीएस ठकुरीले बताएका छन् ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]