11 months ago
April 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)– एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा दोस्रो योर पेस किप फिट सक्र्रिट यसै साताबाट सुरु हुने भएको छ ।
एनआरएस फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले स्वस्थ रहनका लागि दौड आवश्यक रहेको निष्कर्ष निकाल्दै नयाँ पुस्तालाई प्रेरित गर्न प्रशिक्षण सुरु गरिएको बताइएको छ । बिहीबारबाट सुरु हुने प्रशिक्षण जेठ १४ गते सम्म सन्चालन हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
एथलेटिक्स प्रशिक्षकको अगुवाईमा काठमाडौंको दशरथ रंगशाला, स्वयम्भु, कीर्तिपुर, ललितपुर, भक्तपुर, रुपन्देहीको बुटवल, मकवानपुरको हेटौंडा र कास्कीको पोखरामा गरि ८ ठाँउमा दौड प्रशिक्षण हुनेछ ।
पत्रकार सम्मेलन पछि प्रशिक्षकका लागि वर्कशपको आयोजना गरिएको थियो । त्यसमा दिवाकर लाल अमात्यले विज्ञान प्रशिक्षणको महत्व, शुलोचना सिजाख्वाले खेलकुद मनोविज्ञान, राजेन्द« तुलाधरले फिटनेस, डा.सुदिन महरजनले फिजियोथेरापी र न्युटिस«नको बारेमा जानकारी गराएका थिए ।
यस वर्षपनि इनड्राइभको सहकार्यमा यस प्रशिक्षण सन्चालन हुने बताइएको छ । प्रशिक्षण कार्यक्रमका लागि ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
काठमाडौंमा विमला रानामगर, स्वयम्भुमा रमेश सुनुवार, ललितपुरमा राजमान महर्जन, भक्तपुरमा आशा राम गोथे, कीर्तिपुरमा धर्म महर्जन, हेटौडामा राजा राम पोख्रेल, बुटवलमा रामु पाण्डे पोखारामा सिद्घान्त अधिकारीले प्रशिक्षण कार्यक्रम सन्चालन गरिएको थियो ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]