11 months ago
April 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गत साता लण्डन म्याराथनमा भाग लिएका धावक गोपी चन्द्र पार्की सोमबार स्वदेश आइपुगेका छन् ।
नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
अघिल्लो साताको आइतबार भएको लण्डन म्याराथन गोपीले २ घन्टा २२ मिनेट ३१ सेकेन्डमा पूरा गरेका थिए ।
लन्डनमा नेपालीहरुबाट न्यानो माया र स्वागत पाएको गोपीले बताए । एपिएफका धावक उनले भने,’आफ्नो देशको खेलाडी भनेपछि उहाँहरुले निकै आत्मियता प्रकट गर्नु भयो। म सबैप्रति आभारी छु।’ उनले मंगलबारबाट प्रशिक्षण सुरु गर्ने जानकारी दिए।
गत वर्ष मंसिर ९ गते नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि जित्दै गोपीले लण्डन म्याराथनको यात्रा तय गरेका थिए । नेपालगन्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा गोपीको लण्डन सहभागिता निश्चत गरेको हो ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ किलोमिटर दौडमा स्वर्ण पदक जितेका गोपीले यसअघि बर्लिङ म्याराथनमा पनि प्रतिस्पर्धा गरेका थिए । उनको लण्डन यात्राका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हवाई टिकटको व्यवस्थापन गरेको थियो ।
धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक केएल दुगडले गोपीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । लि निङले उनलाई ट्रयाक सुट, टिसर्ट, क्यापलगायतका पोशाक उपलब्ध गराएको थियो ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]