default_image

1 year ago

April 21, 2024

गोपीले लण्डन म्याराथन पूरा गरे

1069 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली धावक गोपी चन्द्र पार्कीले आइतबार लण्डन म्याराथन २ घन्टा २२ मिनेट ३१ सेकेन्डमा पूरा गरेका थिए ।

गत वर्ष मंसिर ९ गते नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि जित्दै गोपीले लण्डन म्याराथनको यात्रा तय गरेका थिए । नेपालगन्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा गोपीको लण्डन सहभागिता निश्चत गरेको हो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ किलोमिटर दौडमा स्वर्ण पदक जितेका गोपीले यसअघि बर्लिङ म्याराथनमा पनि प्रतिस्पर्धा गरेका थिए । उनको लण्डन यात्राका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हवाई टिकटको व्यवस्थापन गरेको थियो ।

धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक केएल दुगडले गोपीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । लि निङले उनलाई ट्रयाक सुट, टिसर्ट, क्यापलगायतका पोशाक उपलब्ध गराएको थियो । लण्डन म्याराथनमा भाग लिन गोपी गत महिना त्यसतर्फ गएका थिए ।

केन्याका एलेक्सान्द्रे मुनायोले २ घन्टा ४ मिनेट ०१ सेकेन्डमा पूरा गर्दै लण्डन म्याराथनको उपाधि जितेका छन् ।

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 16, 2025

सन्तोषी लन्डन जाने

काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]

April 5, 2025

त्रिशुली अल्ट्रा रेस – सुनसरी र होमलाललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेस‌को महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]

Success

Thank you for your time.