11 months ago
April 10, 2024
धनगढी (हाम्रो खेलकुद) – धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गर्ने धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
अब धनगढी दौडिन्छ भन्ने नाराका साथ आयोजना हुने धनगढी हाफ म्याराथनको दसौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको बुधबार पत्रकार सम्मेलनमार्फत संयोजक आशिष शाहले जानकारी दिए । हाफ म्याराथन २०८१ वैशाख १ गते हुनेछ ।
हाफ म्याराथनलाई नेपाल एथलेटिक्स संघले मान्यता दिएको जनाइएको छ ।धनगढी हाफ म्याराथनको विजेताले ६६ हजार ६ सय ६६, दोस्रोले ४४ हजार ४ सय ४४ र तेस्रो हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् ।
विजेता पुरस्कार धनगढीको निसर्ग हस्पिटल, दोस्रोको कैलाली उद्योग वाणिज्य संघ र तेस्रोको माया मेट्रो हस्पिटलले प्रायोजन गरेको बताइएको छ । हाफ म्याराथन धनगढी रंगशालाबाट सुरु भएर सहिद गेट हुदैं गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड भएर पुनः धनगढी रंगशालामा पुगेर टुंगिने धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले जानकारी दिए ।
प्रतियोगितामा महिला, कर्पोरेट विधामा ५ किलो मिटरको दौड हुनेछ । दुई विधाका विजेताले ६ हजार ६ सय ६६, दोस्रोले ४ हजार ४ सय ४४ र तेस्रो हुनेले ३ हजार ३ सय ३३ प्राप्त गर्नेछन् ।
मुख्य प्रबद्र्धकमा जेसिज एभरेष्ट स्कुल रहेको प्रतियोगितालाई चैतन्य पाठशालाले प्रायोजन गरेको छ । धनगढी उपमहानगरपालिका , नवजीवन को अपरेटिभ्स लिमिटेड,विभिन्न व्यवसायिक प्रतिष्ठान, संघ संस्था, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद, सुदूरपश्चिम प्रदेश युवा परिषद, धनगढीलगायतको सहयोग रहेको बताइएको छ ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]