1 year ago
April 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अर्को महिना हाफ म्याराथन आयोजना हुने भएको छ ।
रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा कर्णाली हाफ म्याराथन वैशाख २९ गते हुने बताइएको छ।
कर्णालीमा प्रदेशमा २०८१ मंसिर पहिलो साता हुने दशौं बृहत राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ हाफ म्याराथन आरम्भ गर्न लागिएको जनाइएको छ।
कर्णाली हाफ म्याराथनमा २१.०९७५ किमी पुरुष तथा महिला , ५ किलोमिटर स्कुल स्तरीय छात्र एवं छात्रा दौड, ५ किलोमिटर ह्वीलचेयर, ५ किलोमिटर कर्पोरेट रन र ४२१.९५ मिटर किड्स रन समावेश गरिएको छ । म्याराथनका क्रममा खेलकुदसँग शिक्षा, स्वास्थ्य र पर्यटनको सम्बन्धका बिषयमा बहस छलफल समेत गरिनेछ बताइएको छ ।
नौ बर्षदेखि नेपालगन्ज म्याराथन आयोजना एवं व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले दौड संस्कृतिको प्रवद्र्धन गर्दै प्रतिभाशाली खेलाडी खोज अभियान अन्तर्गत कर्णाली हाफ म्याराथन गर्न लागेको नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
धारा नेपालगन्ज म्याराथनले आफ्नो यात्राको एक दशक पूरा हुने पुर्व सन्ध्यामा दौडसम्बन्धि विविध नयाँ सोंच र कार्यक्रमको तयारी गरिरहेको पनि बताइएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदसँगको आर्थिक सहयोग साझेदारी तथा अन्य स्थानीय पालिका एवं नीजि क्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन हुन लागेको र यसको रुट तथा नगद पुरस्कारका सम्बन्धमा चाँडै जानकारी गराइने जनाइएको छ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]