12 months ago
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – धादिङकी सन्तोषी श्रेष्ठ र दीपक अधिकारीले प्रधानसेनापति म्याराथन अन्तर्गत हाफ म्याराथनको उपाधि जितेका छन् ।
१३ औं दक्षिण एसियली खेलकुदकी स्वर्ण पदक विजेता सन्तोषीले १ घन्टा १६ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै महिला हाफ म्याराथनको उपाधि जितेकी हुन् । तेस्रो सातामा यो सन्तोषीको तेस्रो उपाधि हो । फागुन ५ गते पोखरा म्याराथनमा हाफ म्याराथन जितेको सन्तोषले गत साता धरानमा १० केको उपाधि हासिल गरेकी थिइन् ।
नेपाल पुलिस क्लबकी राममाया बुढा दोस्रो र राजपुरा पछाई तेस्रो भइन् । राममायाले १ घन्टा १७ मिनेट २६ सकेन्ड र राजपुराले १ घन्टा १९ मिनेट ३७ सेकेन्डमा दौड पूरा गरेका थिए ।
१३ औं सागका कास्य पदक र एसियन क्रस कन्ट्रीका स्वर्ण पदक विजेता दीपकले १ घन्टा ५ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्नै पुरुष हाफ म्याराथनका उपाधि जितेका हुन् । उनले गत महिना मात्र पल्सर स्पोर्टस अवार्डको वर्ष पुरुष खेलाडीको अवार्ड जितेका थिए ।
आर्मीकै नरेन्द्र रावल दोस्रो र गजेन्द्र राई तेस्रो भए । नरेन्द्रले १ घन्टा ६ मिनेट र गजेन्द्रले १ घन्टा ६ मिनेट १३ सेकेन्डमा दौड पूरा गरेका थिए । सन्तोषीले यामाहाको स्कुटर र २५ हजार, रामायारले ६० हजार र राजपुराले ३५ हजार रुपैयाँ प्राप्त गरिन् । त्यस्तै दीपकले यामाहाको मोटरसाइल र ७५ हजार, नरेन्द्रले ५० हजार र गजेन्द्रले ३५ हजार रुपैयाँ प्राप्त गरे ।
पवर्तका अनिशलाई म्याराथन उपाधि
पवर्तका अनिश थापा मगरले प्रधान सेनापति प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका छन् । काठमाडौंमा शनिबार भएको म्याराथन २ घन्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गर्दै अनिश विजयी भएका हुन् ।
१३ औं दक्षिण एसियली खेलकुद (साग) का स्वर्ण पदक विजेता एपिएफका किरण सिंह बोगटी दोस्रो र त्रिभुवन आर्मी क्लबका राजन रोकाया तेस्रो भएका छन् । किरणले २ घन्टा २३ मिनेट १५ सेकेन्ड र राजनले २ घन्टा २४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरेका थिए ।
अनिषले यामाहाको मोटरसाइकलका साथै ३ लाख रुपैयाँ, किरणले २ लाख र राजनले १ लाख रुपैयाँ प्राप्त गरे ।
आर्मीका सुशिल कुमार शाही चौथो, बागलुङका तीर्थकुमार पुन पाँचौं, आर्मीका तीर्थबहादुर तामाङ छैटौं, आर्मीका प्रताप खड्का सातौं, आर्मीका हरिकुमार रिमाल आठौंं, नेपाल पुलिसका करणबहादुर खड्का नवौं र आर्मीका जुनेश खड्का दसौं भए ।
चौथोले ५० हजार, पाँचौँले ३० , छैटौंले २५ ,सातौंले २०, आठौैंले १५, नवौंले १० र दसौंले ५ हजार प्राप्त गर्नेछन् ।
नेपाली सेनाले महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६१ औ वार्षिकोत्सवको अवसरमा नवौं संस्करणको प्रधान सेनापति म्याराथन आयोजना गरेको थियो।
विजयी खेलाडीलाई प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल ओलम्पिक कमिटीका जीवनराम श्रेष्ठ, रक्षा सचिव किरणराज शर्मा, नेपाल एथलेटीक्स संघका अध्यक्ष राजिव विक्रम शाह, पूर्व प्रधान सेनापति राजेन्द्र क्षत्रीलगायतले पुरस्कृत गरेका थिए।
February 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले प्रधान सेनापति कप म्याराथनको उपाधि जितेका छन् । खडकले शनिवार भएको म्याराथनको दूरी २ घण्टा १७ मिनेट २० सेकेन्डमा पूरा गरि विजयी भएका थिए । खडकले यमाहको १ थान मोटरसाइकलको साथ ३ लाख रुपैयाँ प्राप्त गरे । आर्मी कै राजन रोकाय (२ घन्टा २० मिनेट २२ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन धादिङकी सन्तोषी श्रेष्ठ र मिङगमारसिंह तामाङले साइन रेसुङगा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आइतवार भएको दौडमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङगमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे । काठमाडौंमा प्रधानसेनापति म्याराथनको हाफ म्याराथन जितेको भोलि पल्ट सन्तोषीले निर्धारित दुरी […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]