1 year ago
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पवर्तका अनिश थापा मगरले प्रधान सेनापति प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका छन् । काठमाडौंमा शनिबार भएको म्याराथन २ घन्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गर्दै अनिश विजयी भएका हुन् ।
१३ औं दक्षिण एसियली खेलकुद (साग) का स्वर्ण पदक विजेता एपिएफका किरण सिंह बोगटी दोस्रो र त्रिभुवन आर्मी क्लबका राजन रोकाया तेस्रो भएका छन् । किरणले २ घन्टा २३ मिनेट १५ सेकेन्ड र राजनले २ घन्टा २४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरेका थिए ।
अनिषले यामाहाको मोटरसाइकलका साथै ३ लाख रुपैयाँ, किरणले २ लाख र राजनले १ लाख रुपैयाँ प्राप्त गरे ।
आर्मीका सुशिल कुमार शाही चौथो, बागलुङका तीर्थकुमार पुन पाँचौं, आर्मीका तीर्थबहादुर तामाङ छैटौं, आर्मीका प्रताप खड्का सातौं, आर्मीका हरिकुमार रिमाल आठौंं, नेपाल पुलिसका करणबहादुर खड्का नवौं र आर्मीका जुनेश खड्का दसौं भए ।
चौथोले ५० हजार, पाँचौँले ३० , छैटौंले २५ ,सातौंले २०, आठौैंले १५, नवौंले १० र दसौंले ५ हजार प्राप्त गर्नेछन् । हाफ म्याराथनकातर्फको उपाधि महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ आर्मीका दीपक अधिकारीले जिते ।
नेपाली सेनाले महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६१ औ वार्षिकोत्सवको अवसरमा नवौं संस्करणको प्रधान सेनापति म्याराथन आयोजना गरेको थियो।
विजयी खेलाडीलाई प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल ओलम्पिक कमिटीका जीवनराम श्रेष्ठ, रक्षा सचिव किरणराज शर्मा, नेपाल एथलेटीक्स संघका अध्यक्ष राजिव विक्रम शाह, पूर्व प्रधान सेनापति राजेन्द्र क्षत्रीलगायतले पुरस्कृत गरेका थिए।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]