12 months ago
March 1, 2024
हेटौंडा (हाम्रो खेलकुद)- कन्चनपुरका मुकेश पालले खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन–२०८० को उपाधि जितेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबार हेटौंडामा भएको ५ किलोमिटर दौड १५ मिनेट २२ सेकेन्डमा पार गर्दै मुकेशले उपाधि जितेका हुन्। उनले ६० हजार रुपैयाँ प्राप्त गरे ।
जुम्लाका दुर्गाबहादुर बुढा दोस्रा र काठमाडौंका सञ्जय श्रेष्ठ श्रेष्ठ तेस्रा भए । १८ जिल्लामा ९२ जनाले भाग लिएको दौडमा जुम्लाका दुर्गाले १५ मिनेट २४ सेकेन्डमा दूरी पूरा गरे । उनले ५० हजार रुपैयाँ प्राप्त गरे ।
हेटौंडाको मु्ख्य चौक बुद्ध चौकबाट सुरु भएको दौंड पारिजात पथ हुँदै पुनः बुद्ध चौकमा आउँने दौड प्रतियोगितामा काठमाण्डौका सञ्जयले १५ मिनेट ३० सेकेण्डमा निर्धारित दूरी पार गरेका हुन्। सन्जय ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
चौथो भएको काठमाण्डौंका टंक कार्की र पाँचौं दाङका नागेश्वर ऐरीले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
विजयी खेलाडीलाई हटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, नगर उपप्रमुख राजेश बानियाँ र प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईले पुरस्कार बितरण गरेका थिए ।
प्रतियोगिताका सहभागी हेटौंडा–२ का ६९ बर्षिय प्रेमजी श्रेष्ठलाई सम्मान गरिएको थियो ।
February 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले प्रधान सेनापति कप म्याराथनको उपाधि जितेका छन् । खडकले शनिवार भएको म्याराथनको दूरी २ घण्टा १७ मिनेट २० सेकेन्डमा पूरा गरि विजयी भएका थिए । खडकले यमाहको १ थान मोटरसाइकलको साथ ३ लाख रुपैयाँ प्राप्त गरे । आर्मी कै राजन रोकाय (२ घन्टा २० मिनेट २२ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन धादिङकी सन्तोषी श्रेष्ठ र मिङगमारसिंह तामाङले साइन रेसुङगा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आइतवार भएको दौडमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङगमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे । काठमाडौंमा प्रधानसेनापति म्याराथनको हाफ म्याराथन जितेको भोलि पल्ट सन्तोषीले निर्धारित दुरी […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]