default_image

12 months ago

February 25, 2024

खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन यसै साता

418 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडामा पहिलो पटक खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिता हुने भएको छ । गत वर्षहरुमा जिल्ला स्तरमा आयोजना हुने प्रतियोगिता यस पटक राष्ट्रिय स्तरका रुपमा सञ्चालन गर्न लागिएको बताइएको छ।

हेटौंडा उपमहानगरापालिकाको सहयोग र नगर खेलकुद बिकास समितिको समन्वय तथा व्यवस्थापनमा सञ्चालन फागुन १८ गते हेटौंडा रन हुने आइतबार पालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

हेटौंडाको बुद्धचौकबाट हेटौंडा–५ पिप्ले पुगेर पुनः बुद्धचौकमा आई ५ किलोमिटर दौड पूरा हुने पत्रकार सम्मेलनमा समितिका अध्यक्ष रविन्द्र घिमिरेले जानकारी दिए । दौडमा १६ बर्ष उमेर पूरा भएका नेपाली नागरिक सहभागि हुन पाउँने बताइएको छ।

प्रतियोगिताको‌ विजेताले ६० हजार, दोस्रोले‌ ५० , तेस्रोले ४० हजार र प्रोत्साहन स्वरुप दुई जनाले समान १० हजार रुपैयाँ प्राप्त गर्ने उपमहानगरपालिका खेलकुद शाखाका प्रमुख बसन्त सिटौंलाले जानकारी दिए ।प्रतियोगितामा सहभागी हुन चाहनेले दौडकै दिन फागुन बिहान ६ः४५ बजे सम्म नाम दर्ता गर्न सक्ने बताइएको छ ।

झन्डै ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा करिव १ सय जनाको सहभागिता रहने अनुमान छ । उपमहानगरको खेलकुद समितिले भविष्यमा मेयर कप फुटबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने बताइएको छ ।

January 31, 2025

पदक विजेता एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली शुक्रवार स्वदेश फर्किएको छ। माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको थियो । पुरुषमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लम्साल र सन्तबहादुर दराईं तथा महिलामा निशा घर्ती […]

January 25, 2025

सन्तोषी र राजन प्रोटिन हाफ म्याराथनको विजेता

काठमाडौं(हाम्रो खेलकुद) – ओलम्पियन सन्तोषी श्रेष्ठले र त्रिभुवन आर्मी क्लबका राजन रोकायले शनिवार राइट टु प्रोटिन रन हाफ म्याराथन उपाधि जितेका छन्। महिला विजेता सन्तोषी र पुरुष विजेता राजन दुवैको यो तेस्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । सन्तोषी पहिलो र तेश्रो संस्करणको पनि […]

January 22, 2025

राइट टु प्रोटिन रनको‌ तयारी अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन शनिवार हुनेछ। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको ५ किलोमिटर पुरुष र ३ किलोमिटर […]

Success

Thank you for your time.