1 year ago
February 24, 2024
धरान (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले धरान १० के महिलातर्फको उपाधि जितेकी छन् ।
पोखरामा हाफ म्याराथनको उपाधि जितेको एक सातामा शनिबार धरानमा भएको १० किमीमा सन्तोषी पहिलो भएकी हुन् । सन्तोषीले ३८ मिनेट ०८ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेकी हुन् ।
छेन्बीमाया माया राई (४४ मिनेट ०२ सेकेन्ड) दोस्रो र इन्द्रकला नेम्वाङ (४४ मिनेट २८ सेकेन्ड) तेस्रो भइन् ।
सन्तोषीले गत महिना बंगलादेशमा भएको बंगबन्धुमा दक्षिण एसियालीतर्फ म्याराथनको उपाधि जितेकी थिइन्। उनको त्यो म्याराथनमा डेब्यू थियो। ४ वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।
पुरुषतर्फ केन्याका जुलियस मुरुकीले उपाधि जितेका छन् । मुरुकीले ३२ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका हुन् । उनले गत साता पोखरा म्याराथनको उपाधि जितेका थिए। १० केमा प्रशान्त तामाङ (३४ मिनेट) दोस्रो र पवन राई (३४ मिनेट ११ सेकेन्ड) तेस्रो भएका छन् ।
भेट्रान्सतर्फ रेव दाहालले विजयी भएका छन्। ३९ मिनेट १५ सेकेन्डमा दौड पूरा गर्दै रेवतले उपाधि जितेका हुन्।
कर्मा शेर्पा (४२ मिनेट ४२ सेकेन्ड) दोस्रो र प्रविण राई (४४ मिनेट ४८ सेकेन्ड) तेस्रो भए ।
तिलविक्रम सम्बाहाम्फेले सुपर भेट्रान्सको उपाधि जितेका छन्। तिलविक्रमले ४४ मिनेट १९ सेकेन्डमा दौड पूरा गरेका थिए। वीरेन्द्र लिम्बु (५० मिनेट ३४ सेकेन्ड) दोस्रो र वीरमान तामाङ (५३ मिनेट २७ सेकेन्ड) तेस्रो भएका थिए।
१० केका दुबैतर्फका विजेताले ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । विभिन्न विधामा गरि झन्डै ३ हजार ७ सयले भाग लिएका थिए।
February 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले प्रधान सेनापति कप म्याराथनको उपाधि जितेका छन् । खडकले शनिवार भएको म्याराथनको दूरी २ घण्टा १७ मिनेट २० सेकेन्डमा पूरा गरि विजयी भएका थिए । खडकले यमाहको १ थान मोटरसाइकलको साथ ३ लाख रुपैयाँ प्राप्त गरे । आर्मी कै राजन रोकाय (२ घन्टा २० मिनेट २२ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन धादिङकी सन्तोषी श्रेष्ठ र मिङगमारसिंह तामाङले साइन रेसुङगा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आइतवार भएको दौडमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङगमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे । काठमाडौंमा प्रधानसेनापति म्याराथनको हाफ म्याराथन जितेको भोलि पल्ट सन्तोषीले निर्धारित दुरी […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]