12 months ago
February 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक मैदानमा यही शनिबार ‘पोषिलो स्पोर्ट्स डे’ आयोजना हुने भएको छ ।
खेलकुदमार्फत स्वास्थ्य, फिटनेस र खेलकुदमा सक्रिय रहन प्रोत्साहित गर्ने लक्ष्यसहित पोषिलो फूड्स, जिम वुल्फ फिटनेस, एनवाईएफसी नेपाल, पुल्चोक गर्ल्स क्लब र रिभोल्ट स्पोर्ट्स क्लबले संयुक्त रूपमा कार्यक्रम गर्न लागेका हुन् ।
मुख्य कार्यक्रममा ६ किलोमिटर दौड रहने छ, जसमा पुरुष र महिला दुवै श्रेणीमा प्रतिस्पर्धा हुनेछ । अन्य कार्यक्रममा अल नेपाल ३ पोइन्ट च्यालेन्ज र अल नेपाल डेड ह्यांग च्यालेन्ज समावेश गरिएको छ ।
प्रत्यक श्रेणीमा पुरुष र महिला शीर्ष १० प्रतिस्पर्धीलाई ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिनेछ । ३ पोइन्ट च्यालेन्जका शीर्ष ३ प्रतिस्पर्धीलाई पुरस्कार दिंदा प्रथम स्थान पाउनेलाई २० हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिनेछ ।
यस कार्यक्रममा बास्केटबल, फुटबल, र क्रिकेटका मिनि गेम्स समावेश गरिएका छन् । च्यालेन्ज पूरा गर्ने सबै प्रतिस्पर्धीले पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् ।
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली शुक्रवार स्वदेश फर्किएको छ। माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको थियो । पुरुषमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लम्साल र सन्तबहादुर दराईं तथा महिलामा निशा घर्ती […]
January 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओलम्पियन सन्तोषी श्रेष्ठले र त्रिभुवन आर्मी क्लबका राजन रोकायले शनिवार राइट टु प्रोटिन रन हाफ म्याराथन उपाधि जितेका छन्। महिला विजेता सन्तोषी र पुरुष विजेता राजन दुवैको यो तेस्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । सन्तोषी पहिलो र तेश्रो संस्करणको पनि […]
January 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन शनिवार हुनेछ। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको ५ किलोमिटर पुरुष र ३ किलोमिटर […]