default_image

12 months ago

February 19, 2024

गोपीचन्द्रले लण्डन म्याराथन दौडने

1539 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –नवौं धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले यसपटकको टिसिएस लण्डन म्याराथनमा दौडने पक्का भएको छ । नेपालगन्ज म्याराथनले सोमबार पत्रकार सम्मेलन गर्दै गोपीको सहभागिता निश्चित भएको जानकारी गराएको छ ।

गोपीले आफ्नो लागि नेपालगन्ज म्याराथन सधै लक्की रहँदै आएको बताएका छन् । पहिलो पटक विजेता बन्दा ओलम्पिकको लागि छनोट हुने भनिएको थियो । यसपटक लण्डन म्याराथन खेल्ने मौका मिलेको छ,’ उनले भने,‘नेपालगन्ज म्याराथनको रुट नेपालकै सबैभन्दा राम्रोमा पर्दछ । लण्डन म्याराथनमा राम्रो नतिजाको लागि प्रयास गर्नेछु ।’

लण्डन म्याराथन २०८१ वैशाख ९ (अप्रिल) २१ मा हुनेछ । गोपीको को लण्डन म्याराथनका लागि नेपाल युके रनले व्यवस्थान गरेको छ । युके रनका प्रतिनिधि सन्तोष राईले भविष्यमा पनि नेपालगन्ज म्याराथन र हाफ म्याराथनका विजेतालाई पनि लण्डन म्याराथनमा सहभागिता गराउन प्रयास गरिने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङले नेपालगन्ज, पोखरा र काठमाडौं म्याराथनलाई राखेपले महत्वका साथ हरेको बताएका छन् । सिटी म्याराथनमा खासमा स्थानिय निकायकै भूमिका हुन्छ,’ उनले भने,‘तथापी त्यसमा राखेपको पनि साथ रहँदै आएको छ ।’ उनले गोपीलाई सफलताको शुभकामना दिए ।

राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले लामो तयारीपछि मात्र सफल प्राप्त गर्न सकिने र त्यसमा परिषद्को पनि भूमिका रहनुपर्नेमा जोड दिए । नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने योजनामा साथ दिएकोमा युके रनलाई धन्यवाद दिए ।

मंसिर ९ गते भएको नवौं धारा नेपालगन्ज म्याराथन २ घन्टा २१ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका थिए । नेपालगन्ज म्याराथनका दुई पटकका विजेता गोपी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन् । सन् २०१९ मा स्वदेशमा भएको १३ औं सागमा उनले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।

January 31, 2025

पदक विजेता एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली शुक्रवार स्वदेश फर्किएको छ। माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको थियो । पुरुषमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लम्साल र सन्तबहादुर दराईं तथा महिलामा निशा घर्ती […]

January 25, 2025

सन्तोषी र राजन प्रोटिन हाफ म्याराथनको विजेता

काठमाडौं(हाम्रो खेलकुद) – ओलम्पियन सन्तोषी श्रेष्ठले र त्रिभुवन आर्मी क्लबका राजन रोकायले शनिवार राइट टु प्रोटिन रन हाफ म्याराथन उपाधि जितेका छन्। महिला विजेता सन्तोषी र पुरुष विजेता राजन दुवैको यो तेस्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । सन्तोषी पहिलो र तेश्रो संस्करणको पनि […]

January 22, 2025

राइट टु प्रोटिन रनको‌ तयारी अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन शनिवार हुनेछ। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको ५ किलोमिटर पुरुष र ३ किलोमिटर […]

Success

Thank you for your time.