12 months ago
February 17, 2024
पोखरा (हाम्रो खेलकुद )- सन्तोषी श्रेष्ठले सफल पोखरा म्याराथनमा महिला हाफ म्याराथनको उपाधि जितेकी छिन्।
पोखरामा शनिबार बिहान भएको १८ औं संस्करणमा निर्धारित दूरी (२१ किलोमिटर) १ घण्टा १८ मिनेट ३९ सकेण्डमा पार गर्दै सन्तोषीले हाफ म्याराथनको उपाधि जितेकी हुन्।
सन्तोषीले गत महिना बंगलादेशमा भएको बंगबन्धुमा दक्षिण एसियालीतर्फ म्याराथनको उपाधि जितेकी थिइन्। उनको त्यो म्याराथनमा डेब्यू थियो। ४ वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।
केन्याली अवीजल जेरोप १ घन्टा १९ मिनेट ०२ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो भएकी छिन् । राममाया बुढा तेस्रो तथा फुलमती राना चौथो भएकी छिन्। फुलमतीले निर्धारित दूरी १ घण्टा १९ मिनेट २२ सेकेण्डमा पार गरिन्। उनी २० सेकेण्डले दोस्रो हुनबाट चुकेकी हुन्। तेस्रो भएकी राम माया बुढाले निर्धारित दूरी १ घण्टा २१ मिनेट ०७ सेकेण्डमा पार गरिन्।
म्याराथनको शीर्ष ३ मा केन्याली खेलाडी
केन्याका जुलियस मिरुकी वाहोमले सफल पोखरा म्याराथनको १८ औँ संस्करणको उपाधि जितेका छन्।
मिरुकीले निर्धारित ( ४२.१९५ किमी) दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् । उपाधिसँगै उनले ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।
दोस्रो र तेस्रो स्थान पनि केन्याका धावकले नै जितेका छन्। चौथो स्थानमा भने नेपालका किरणसिंह बोगटी बनेका छन्।
केन्याका स्कास किहारा कामीनी दोस्रो भए। उनले निर्धारित दुरी २ घण्टा, २० मिनेट ०५ सेकेण्डमा पार गरे।
तेस्रो भएका एडविन किप्लागट तेस्रो भए। उनले २ घण्टा २० मिनेट ४५ सेकेण्डमा पार गरे।
१३ औं सागमा म्याराथनका स्वर्ण पदक विजेता किरणले निर्धारित दुरी २ घण्टा २९ मिनेट ३७ सकेण्डमा पूरा गरेका थिए।
भुतपूर्व खेलाडी मन्च पोखराको आयोजनामा भएको प्रतियोगिताको पुरुष म्याराथनमा १ सय २१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली शुक्रवार स्वदेश फर्किएको छ। माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको थियो । पुरुषमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लम्साल र सन्तबहादुर दराईं तथा महिलामा निशा घर्ती […]
January 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओलम्पियन सन्तोषी श्रेष्ठले र त्रिभुवन आर्मी क्लबका राजन रोकायले शनिवार राइट टु प्रोटिन रन हाफ म्याराथन उपाधि जितेका छन्। महिला विजेता सन्तोषी र पुरुष विजेता राजन दुवैको यो तेस्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । सन्तोषी पहिलो र तेश्रो संस्करणको पनि […]
January 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन शनिवार हुनेछ। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको ५ किलोमिटर पुरुष र ३ किलोमिटर […]