1 year ago
January 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले म्याराथनको डेब्यूमै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।
बंगलादेशमा शुक्रबार भएको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्।
ढाकामा शुक्रबार भएको म्याराथनको दक्षिण एसियाली विधाको महिलातर्फ २ घन्टा ४६ मिनेट २२ सेकेन्ड मा दौड पूरा गर्दै उपाधि जितेकी हुन् । यसअघि पुष्पा भण्डारीको नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई सन्तोषीले तोडेकी छिन् । उनले बंगबन्धुमा म्याराथनमा २ घन्टा ४८ मिनेट ०२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। विन्द्रा धान्के श्रेष्ठले पाँचौं स्थानमा दौड पूरा गरेकी थिइन् । उनले ३ घन्टा ४ मिनेटमा दौड पूरा गरेकी थिइन्।
सोही विधामा एपिएफकी पुष्पाले रजत पदक जितकी छन् । पुष्पाले २ घन्टा ४९ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरेकी टोलीका प्रशिक्षक राकेश बज्राचार्यले जानकारी दिइएका छन् ।
सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण र पुष्पा रजत पदक विजेता हुन् । सन् २०१९ मा नेपालमा भएको १३ औं सागमा सन्तोषीले १० हजार मिटर र पुष्पाले म्याराथनमा रजत पदक जितेकी थिइन् ।
बंगबन्धुमा पुष्पाले यसअघि २ स्वर्ण र १ कास्य पदक जितेकी थिइन्।
बंगबन्धु म्याराथन पुरुषतर्फ खड्गबहादुर खड्काले कास्य पदक जितेका छन्। उनले २ घन्टा १८ मिनेट ३२ सेकेन्डमा दौड पूरा गरेका थिए।
सन्तोषीका प्रशिक्षक रघुराज वन्तले सन्तोषीले आउने दिनमा म्याराथनलाई नै निरन्तरता दिने बताइएका छन्। ‘यो उसको डेब्यू म्याराथन हो । राष्ट्रिय कीर्तिमान बनाएकी छन्, वन्तले भने,’हामीले यो भन्दा राम्रो टाइमिङको आशा गरेका थियौं। सोचे जस्तो त भएन। आशा गरौं आउने दिनमा राम्रो होला।’
सन्तोषीले यसअघि हाफ म्याराथनमा भने प्रतिस्पर्धा गर्दै आएकी थिइन् । मंसिरमा उनले नेपालगञ्ज म्याराथनमा हाफ म्याराथन जितेकी थिइन्।
नेपालगञ्ज म्याराथनले ढाका म्याराथनमा स्वर्ण पदक जित्नेलाई २५ हजार , रजतलाई १५ हजार र कास्य पदक जित्नेलाई १० हजार रुपैयाँ प्रोत्साहन रकम दिने घोषणा गरेको थियो।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]