1 year ago
January 14, 2024
विजय नेपाली, पोखरा
नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना फागुनमा आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई रोटरी डिस्ट्रिक ३२९२ ले सह प्रायोजकन गरेको छ । पोखरा म्याराथनको १८ औं संस्करण फागुन ५ गते आयोजना हुँदैछ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका रोटरीले हरेक वर्ष २ लाख रुपैयाँ प्रदान गर्ने गरि सह प्रायोजकको रुपमा गरेको हो ।
रोटरी डिस्ट्रिकका गभर्नर राजेन्द्र प्रसाद धोजु र मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
मञ्चका अध्यक्ष पराजुलीले सफल पोखरा म्याराथनसँग जोडिएकोमा रोटरीलाई धन्यवाद ज्ञापन गरे । सामाजिक संस्था रोटरीसँग जोडिदा म्याराथनलाई थप ब्राण्डिङ र प्रर्बधन पुग्ने विश्वास लिइएको बताए ।
मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्च र म्याराथनको बारेमा जानकारी दिदैं रोटरीसँगको समन्वय महत्वपूर्ण रहेको बताए ।
रोटरी डिस्ट्रिक ३२९२ का गभर्नर धोजुले खेलकुदमा प्रतिष्ठित संस्था भुतपूर्व खेलाडी मञ्चसँग जोडिन पाउनु ठूलो उपलब्धि रहेको सुनाए । उनले रोटरीले सामाजिक कार्य गर्दै आइरहँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा जोडिदा थप उचाई बढ्ने बताए ।
उनले रोटरीले विश्वभर पोलियोको विषयमा जनचेतना फैलाउने काम गरेको र पोखरा म्याराथनमार्फत समेत पोलियोकै जनचेतना फैलाउने गरी अघि बढ्ने बताए ।
धोजुले रोटरीले आगामी फागुनमा पोखरामो सम्मेलन गर्न लागेको र देशभरका रोटरियन पोखरा आउने भएकाले ठूलो समूह प्रतियोगितामा उपस्थिति गराउने प्रतिबद्धता व्यक्त गरे ।
मञ्चका द्धितीय उपाध्यक्ष खेम गुरुङले दुई संस्थाबीचको सम्झौताले एक आपसमा सहयोग आदान प्रदान हुने बताए ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]