default_image

1 year ago

January 10, 2024

सफल पोखरा म्याराथनलाई गण्डकी प्रदेश खेलकुदको साथ

336 views

0 Bookmark

विजय नेपाली ,पोखरा

पोखरामा आयोजना हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा प्रदेश खेलकुद परिषद गण्डकीले आवश्यक सहयोग गर्ने भएको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा हुँदै आएको म्याराथनको १८ औं संस्करण फागुन ५ गते हुँदैछ।

प्रदेश खेलकुद परिषदका  गण्डकीका सदस्य सचिव श्रीधर शर्माले अध्यक्ष हरिप्रसाद पराजुलीको नेतृत्वमा गएको मन्च टोलीबीच बुधबार भेटघाटका‌ क्रममा परिषदले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका‌ हुन्  ।

सदस्य सचिव शर्माले भूतपूर्व खेलाडी मञ्च समग्र खेलाडीका लाग मार्गदर्शकको रुपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरको म्याराथन गर्दै मञ्चले ठूलो काम गरिरहेको बताए ।

मञ्चलाई अझै विस्तार गर्न समेत सुझाव दिदै उनले  सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन मञ्चको मात्रै नभई समग्र प्रदेशको रहेको र परिषदले यसका लागि गर्नु पर्ने सबै सहयोग गर्ने वचन दिए ।

मञ्चका अध्यक्ष पराजुलीले जिल्ला खेल संघहरुसँग समन्वयकारी भुमिका खेलिदिन परिषदलाई आग्रह गरे । पुर्व खेलाडीहरुको छाता संगठन भएकाले यसमा हरेक खेल संघ जोडिए थप हौसला बढ्ने उनले सुनाए ।

पराजुलीले यो संस्करणको प्रतियोगितालाई सुरक्षित र पर्यटन प्रबद्र्धन गर्नका लागि नयाँ वैकल्पिक रुटमा लैजाने योजना बनिरहेको जानकारी दिए।

‘हिजोका दिनसम्म हामीलाई सडक सुरक्षा निकै चुनौतिको रुपमा रह्यो । आज हामीले त्यहि सडक सुरक्षालाई मध्येनजर गर्दै वैकल्पिक रुटको व्यस्था गर्ने योजनामा छौं’ उनले भने, ‘सिटी म्याराथनको अवधारणा अनरुप हामीले पोखराको मध्यभाग हुँदै पर्यटकीय क्षेत्र फेवातालतर्फ लैजाने छौं ।’

उनका अनुसार प्रतियोगिताका लागि हालसम्म १० राष्ट्रका धावकहरुले नाम दर्ता गराइसकेका छन् । प्रतियोगिता सफल बनाउन विभिन्न उपसमिति गठन गरि तिब्र रुपमा काम अघि बढिरहेको पराजुलीले बताए ।

१८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रोमो पनि सार्वजनिक  गरिएको छ ।  मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले प्रोमो सार्वजनिक गरेका हुन । साथै मञ्चले म्याराथनको लाइभ ब्रोडकास्टका लागि पब्लिक फोरके टेलिभिजनसंग सम्झौता गरेको छ।

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

March 6, 2025

नेपालले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]

Success

Thank you for your time.