1 year ago
January 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – झिल्टुङ्ग क्रसकन्ट्री दौडको आठौँ संस्करण माघको पहिलो सातामा हुने भएको छ।
‘जे गरौँ गज्जबले गरौं’ भन्ने नाराका साथ यस पटक माघ ६ गते दौड हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा दौड संयोजक मोहन नेपालले जानकारी दिए ।
एथलेटिक्स परिवार नेपाल संयोजनमा हुने झिल्टुङ्ग क्रसकन्ट्री दौड नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका अन्तर्गत वडा नं ५ कोल्पुटारमा सुरु हुने बताइएको छ।
कोल्पुटरबाट बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै फेरि कोल्पुटारमा पुगेर दौड सम्पन्न हुनेछ । दौडको दुरी १३.४ किलोमिटर कच्ची बाटो रहेको छ । जसमध्ये ४.५ किलोमिटर उकालो २ किलोमिटर समथर र बाँकी बाटो ओरालो रहेको छ ।
यसै गरी गत वर्ष जस्तै छात्र छात्रालाई मध्येनजर गर्दै ४.५ किलोमिटरको दौड “रन फर फन रेस” का लागि खुल्ला दौड प्रतियोगिता पनि आयोजना हुँदैछ । यस दौडको विशेष आकर्षण स्थानीय आमा तथा बा समूहको दौडहरु रहने आयोजकले जनाएको छ ।
१३.४ किमी हुने दौडमा खुल्ला पुरुष तर्फका विजेताले समान १५, दोस्रोले १० र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला तर्फको विजेताले १०, दोस्रोले ७ र तेस्रोले ५ हजार रुपैयाँ पाउनेछन् ।
यस्तै ४.५ किमी खुल्ला जुनियर, स्थानीय ४.५ किमी १६ वर्ष मुनिका छात्रा/छात्र दौड, स्थानीय ४५ वर्ष माथिका पुरुष दौड, भेट्रान खुला १३.४ किमी पुरुष दौड र स्थानीय आमा समूह दौडका लागि पनि पुरस्कार राखिएको छ ।
एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री पनि दौडको संयोजक रहेका छन्। गत वर्ष पुरुषतर्फ सुमन कुलुङ्ग राई र महिला तर्फ रेखा विष्टले उपाधि जितका थिए ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]