default_image

10 years ago

September 22, 2015

एभरेष्ट म्याराथन ५ अक्टोबरमा हुने

198 views

0 Bookmark

काठमाडौं, असोज ५ गते ।

वर्षेनि मे महिनामा आयोजना हुँदै आइरहेको एभरेष्ट म्यैराथुन विभिन्न कारणले गर्दा अक्टोबर महिनामा हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा आयोजकले म्याराथन हुने मिति र विधाहरु सहित पुरस्कार राशी पनि घोषणा गरेको छ| चार विधामा ओपन म्याराथन, विदेशी ओपन म्याराथन, महिला म्याराथन र हाफ म्याराथन रहेका छन्|

Everestmarathon.com

Everestmarathon.com

ओपन म्याराथनको विजेताले रु एक लाख पाउनेछन् भने दोश्रो र तेश्रो हुनेलाई क्रमश: ७५हजार र ५० हजार प्रदान गरिनेछ| महिलातर्फ भने पुरस्कार राशी प्रथमलाई ५० हजार, द्वितीयलाई ३५ हजार र तृतीयलाई २५ हजार रहेको छ| म्याराथनका साथसाथै आयोजकले एभरेष्ट सरसफाई गर्ने र हेल्थ क्याम्प चलाउने कुराको पनि जानकारी दियो|

वैशाख १२ गते गएको भुकम्प र त्यसपछि आएका पराकम्पनहरुले गर्दा यो पालीको म्याराथन पछि सरेको हो| आयोजकले यस प्रतियोगिताले नेपालमा पर्यटन व्य्वसाय पुन: स्फुर्त रुपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिएको जानकारी दिइयो ।

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 16, 2025

सन्तोषी लन्डन जाने

काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]

April 5, 2025

त्रिशुली अल्ट्रा रेस – सुनसरी र होमलाललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेस‌को महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]

Success

Thank you for your time.