1 year ago
December 7, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भियतनाममा भएको मास पार्टिसिपेसन वल्र्ड कन्फ्रेन्समा भाग लिएका छन् ।
भियतनामको होचिमन्ह सहरमा बिहीबार सुरु भएको तीन दिने कन्फ्रेन्समा नेपालबाट पहिलो पटक नेपालगन्ज म्याराथनलाई निम्ता प्राप्त भएको ठकुरीले जानकारी दिए ।
ठकुरीका अनुसार सिकागो म्याराथनका सिइओ, वल्र्ड एथलेटिक्सको मास पार्टिसिपेसनका प्रमुखसहित कन्फ्रेन्समा विभिन्न देशका म्यारााथन आयोजक एवंम् म्याराथनमा काम गर्ने संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको छ। कन्फ्रेन्सको विभिन्न सत्रमा प्यानल डिस्कसनको पनि सन्चालन भइरहेको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि कन्फ्रेन्स प्रभावकारी हुने विश्वास ठकुरीले लिएका छन् । धारा नेपालगन्ज म्याराथनको नवौं संस्करणको मंसिर ९ गते सम्पन्न भएको थियो । नवौं धारा नेपालगन्जको उपाधि नेपाल एपिएफका गोपीचन्द्र पार्कीले र महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी थिइन् ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]