1 year ago
November 25, 2023
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले नवौं धारा नेपालगन्ज म्याराथनमा क्रमश: पुरुष म्याराथन र महिला हाफ म्याराथनतर्फ उपाधि जितेका छन् । नेपाल एपीएफ क्लबका गोपीले दोस्रो पटक म्याराथन जित्दा विभागमा आवद्ध नभएकी सन्तोषी तेस्रो पटक च्याम्पियन बनेकी हुन् ।
शनिबार भएको म्याराथनमा गोपीले आर्मीका खडक बहादुर खड्कालाई पछी पार्दै उपाधि जितेका हुन् । गोपीले निर्धारित दुरि २ घण्टा २१ मिनेट ३९ सेकेन्डमा पूरा गरे । खडकले निर्धारित दुरि २ घन्टा २२ मिनेट ९ सेकेन्डमा पूरा गरेका थिए ।
गत वर्ष २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै खड्कबहादुर खड्काले आठौं धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका थिए। किरणसिंह बोगटीले २ घण्टा २५ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हात पारे ।
सन्तोष बिक्रम बिष्टले निर्धारित दुरि २ घन्टा ३० मिनेट १८ सेकेन्डमा पूरा गरे । सन्तोष चौथो बने । मोहन देव जिसिले २ घन्टा ३९ मिनेट १०:५२ सेकेन्डमा पूरा गर्दै पाँचौ स्थानमा रहे ।
प्रेम बस्नेतले २ घन्टा ३९ मिनेट १०: ८८ सेकेन्डमा पूरा गर्दै छैटौं स्थानमा रहे । शेर बहादुर बुढाले २ घन्टा ४५ मिनेट २४ सेकेन्डमा पूरा गर्दै सातौं बने ।
अजय विकले २ घन्टा ५४ मिनेट १७ सेकेन्डमा पूरा गर्दै आठौं स्थानमा रहे । रुद्र बुढाथोकीले ३ घन्टा ६ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै नवौं बने ।
म्याराथन विजेता गोपिले २ लाख रुपैयाँ पाउने छन् । दोस्रो हुनेले खडकले १ लाख र तेस्रो भएका किरणले ५० हजार हजार पाउनेछन् ।
चौथोले २५ हजार, पाँचौलाई १५ हजार, छैठौलाई १० हजार, सातौ र आठौलाई समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन् । तेस्रो पटक च्याम्पियन बन्ने क्रममा सन्तोषीले निर्धारित दुरि १ घन्टा २० मिनेट ५२ सेकेन्डमा पूरा गरिन् । फुलमती रानाले १ घन्टा २१ मिनेट ९ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हात पारिन् । पुषा भन्डारीले १ घन्टा २३ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हात पारिन् ।
बृन्दा ढाकेँ श्रेष्ठले चौथो स्थान हात पारिन् । उनले निर्धारित दुरि १ घन्टा २४ मिनेट २० सेकेन्डमा पूरा गरिन् ।
हाफ म्याराथन(महिला)मा प्रथम हुने सन्तोषीले ७५ हजार, दोस्रो हुनेले फुलमती ५० हजार, तेस्रोले पुष्पाले २५ हजार र चौथो भएकी बृन्दाले १५ हजार र पाँचौं राज्यलक्ष्मीले १० हजार प्राप्त गर्ने छिन् ।
१० किलोमिटर पुरुषतर्फ दुर्गा बुढाले ३१ मिनेट १५:३६ सेकेन्डमा पूरा गर्दै पहिलो बने । नरेन्द्रसिँह राउतले ३१ मिनेट २४:३२ सेकेन्डमा पूरा गर्दै दोस्रो बने । धर्म महर्जनले ३४ मिनेट ११:१८ सेकेन्डमा पूरा गर्दै तेस्रो बने ।
महिलातर्फ १० किलोमिटर राममाया बुढाले जितिन् । उनले ३७ मिनेट ४९:७७ सेकेन्डमा पूरा गरिन् । आशा रावतले ३९ मिनेट ५४ : २७ सेकेन्डमा पूरा गर्दै दोस्रो बनिन् । सारा बुढाले ४६ मिनेट १०:५४ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हात पारिन् ।
१० किलोमिटर महिला र पुरुषतर्फ दुवैका विजेताले ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् ।
५ किलोमिटर स्कुल पुरुषतर्फ दिपेन्द्र बोहरा पहिलो, अजय राना दोस्रो र सरोज सिँह तेस्रो बने । ५ किलोमिटर स्कुल महिलातर्फ कल्पना बुढा पहिलो, बिमला कार्की दोस्रो र मोतिकला डागी तेस्रो बनिन् ।
५ किलोमिटर करपोर्ट तर्फ योगेश मल्ल पहिलो, रबि र राम कृष्ण लामिछाने तेस्रो बने । व्हिलचियरतर्फ यग्य बहादुर खत्री पहिलो, रोहितकुमार दोस्रो र सरसेराली तेस्रो भए ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ ।
सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनको अघिल्लो दिन नेपालगन्ज कनक्लेभ आयोजना भएको थियो ।
एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]