1 year ago
October 10, 2023
नेपालगन्ज (हाम्रो खेलकुद) – धारा–नेपालगन्ज म्याराथनको समन्वयमा नेपालबाट सहभागी ४ जना खेलाडीले भारतको देहरादून म्याराथनमा उत्साहजनक प्रदर्शन गरेर फर्केका छन्। म्याराथनको ५० देखि ५९ उमेर समूहमा रेवतबहादुर दाहाल विजयी भएर फर्केका छन् ।
उनीसँगै देहरादून म्याराथनमा सहभागी नेपाली खेलाडी राजु श्रेष्ठले २१ किलोमिटरको हाफ म्याराथनमा आफ्नो उमेर समूह ४० –४९ मा दोस्रो स्थान ल्याए । जहरमान गुरुङ्ग सोही उमेर समूहमा चौथो भए । ५०–५९ उमेर समूहमा १० किलोमिटर दौडमा भाग लिएका शिवलाल ओली तेस्रो बनेर फर्किए ।
‘जिते देशका लागि हारे स्वास्थ्यका लागि भन्ने मूल नारा लिएर हामी त्यहाँ पुगेका थियौं’, आफ्नो उमेर समूहमा विजयी भएर फर्केका दाहालले, ‘४२ किलोमिटरको पूरा म्याराथनमा युवाहरूको बीचमा दौडे र सफलता प्राप्त गरे । यसमा सन्तुष्ट छु।’
६ सय बढी सहभागी रहेको म्याराथनको मुख्य विधामा महेन्द्र सिंह विष्ट पुरुषतर्फ र शशी मेहता महिला तर्फ च्याम्पियन बनेका थिए ।
सोमबार देहरादून म्याराथनमा भाग लिएर फर्किएका उनीहरूलाई मंगलबार धारा नेपालगन्ज म्याराथनका तर्फबाट आयोजकले नेपालगन्जमा स्वागत, सम्मान गरेको छ । आयोजकका तर्फबाट क्रियटिभ ह्याण्डसका कार्यकारी अध्यक्ष टीएस ठकुरी लगायतले भारतमा गएर नेपाली खेलाडीको प्रतिनिधित्व उत्साहजनक ढंगले फर्किएका चारै जनालाई स्वागत, सम्मान गरेका हुन् ।
‘नेपालगन्ज म्याराथन जस्तै एम्स सर्टिफाइड म्याराथन भएकाले नेपालीहरूको सहभागिताका लागि रेस डाइरेक्टर अनिल मोहनसँग समन्वय गरी खेलाडी पठाइएको थियो’, अध्यक्ष ठकुरीले विश्वव्यापी रूपमै नेपाली खेलाडीहरूलाई सहभागी गराउँदै लैजाने उद्देश्य सुनाउँदै भने, ‘हामी चाहन्छौं, नेपालगन्ज म्याराथनका सहभागीहरू विश्वका एम्स सर्टिफाइड ठूला, ठूला म्याराथनमा सहभागी हुन सकुन् ।’
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]