1 year ago
October 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेको ५० वर्ष पूरा भएको अवसरमा जीतबहादुर केसीलाई सम्मान गरेको छ ।
प्रधान सेनापति ट्रफीको उद्घाटनका अवसरमा जङ्गी अड्डा भद्रकालीमा प्रधान सेनापति प्रभुराम शर्माले केसीलाई दोसल्ला, ताम्रपत्र सहित २५ हजार रुपैयाँले सम्मान गरेका थिए । केसीले २०३० सालमा फिलिपिन्सको मनिलामा आयोजना भएको एसियन ट्रयाक एन्ड फिल्डको म्याराथन (४२.१९५) मा कास्य पदक जितेका थिए ।
त्यो नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको पहिलो पदक थियो । पदक जित्दाका समयमा केसी सेनाको बद्र्धबहादुर गणमा जमदार थिए । ओलम्पियन समेत रहेका केसीले एसियाली खेलकुद (एसियाड) मा पनि देशको प्रतिनिधित्व गरेका थिए ।
देश र सेनाको सम्मान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बढाउन योगदान गरेकोले यो अवसरमा केसीलाई सम्मान गर्न उपयुक्त हुने सल्लाह ओलम्पियन तथा सेनाकै पूर्व क्याप्टेन राजेन्द्र भण्डारीले सल्लाह दिएको प्रधान सेनापति शर्माले समारोहमा बताएका थिए । भण्डारी दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता पनि हुन् ।
प्रधान सेनापति कपको पहिलो दिन बिहीबार महिला ८ सय मिटर दौड र पुरुषतर्फ को ४ गुणा ४ सय मिटर रिले दौड सम्पन्न भएको छ ।
महिला ८ सय मिटरमा श्री नं. १६ बाहिनी अड्डाकी गनर भगवती थापा विजयी भइन् । उनले २ मिनेट २९.५४ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । सोही बाहिनीकी गनर राधिका श्रेष्ठ (२ मिनेट ३०.८५ सेकेन्ड ) दोस्रो र श्री मध्य पश्चिम पृतना हेड क्वार्टरकी प्युठ सोमिता पहरी (२ मिनेट ३४.३९ सेकेन्ड ) तेस्रो भइन् ।
४ गुणा ४ सय मिटर रिले दौड श्री उपत्यका पृतना हेड क्वार्टर प्रथम भयो । टोलीले (३ मिनेट २७.९५ सेकेन्डमा दौड पूरा गरेको थियो । त्यसमा श्री पूर्वी पृतना हेड क्वार्टर (३ मिनेट २८.६४) सेककेन्ड दोस्रो र श्री मध्य पूर्वी पृतना हेड क्वार्टर (३ मिनेट २८.८२ सेकेन्ड ) तेस्रो भयो । विजेता खेलाडीलाई प्रधान सेनापति शर्माले पुरस्कृत गरे ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]