1 year ago
October 2, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – १९ औं एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष १ सय १० मिटर हर्डल्समा दुई खेलाडीले स्वर्ण पदक जितेका छन् ।
एकल प्रतिस्पर्धा भएपनि दुवै खेलाडीले एकै समयमा निर्धारित दुरी पूरा गरेपछि दुवै खेलाडीले स्वर्ण पदक प्राप्त गरे । कुवेतका याकुब अलिऔहा र जापानका शुन्या ताकायामाले १३.४१ सेकेन्डमा निर्धारित दुरी पूरा गरेका थिए ।
उक्त स्पर्धामा चीनका झुओइ सु १३.५० सेकेन्ड समयसहित तेस्रो भए । उनले भने कास्य पदक प्राप्त गरे । एकै समयमा पूरा गरेका दुवै खेलाडीले स्वर्ण पदक प्राप्त गरे ।
नेपालका लागि भने एथ्लेटिक्समा आज सुखद रहेन । सोम कुमालले पुरुष ८ सय मिटर दौडको हिटमा १ मिनेट ५०.३८ सेकेन्डको समय निकाल्दै हिटमा चौथो भए । उनी अन्तिम चरणमा भने पुगेनन् ।
यसअघि टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष हाइ जम्पमा पनि कतार र इटालीका खेलाडीले स्वर्ण पदक बाँडेका थिए ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]