1 year ago
September 30, 2023
हाङ्गचौं (हाम्रो खेलकुद)– धावक दीपक अधिकारीले चीनको हाङ्गचौंमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान राखेका छन् ।
शनिबार भएको प्रतिस्पर्धामा दीपकले २९ मिनेट ३५.०६ सेकेन्डमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । १६ जनाले प्रतिस्पर्धा गरेको एसियाडमा दीपकले सातौं स्थान प्राप्त गरेका थिए ।
दीपकले आफ्नै नाम रहेको कीर्तिमान भंग गरेका हुन् । गत वर्ष गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा ३० मिनेट १०ः३० सेकेन्डमा १० हजार मिटर दौड पूरा गर्दै कीर्तिमान बनाएका थिए ।
त्रिभुवन आर्मी क्लबका दीपकले गत वर्ष स्वदेशमा भएको एसियन क्रस कन्ट्रीमा स्वर्ण पदक जितेका थिए । धादिङका उनले भाग लिएका अधिकांश राष्ट्रिय प्रतियोगितामा उपाधि जित्दै आएका छन् ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]