1 year ago
September 29, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – धावकद्वय सोमबहादुर कुमाल र सन्तोषी श्रेष्ठले १९ औं एसियाली खेलकुद अन्तर्गत आ-आफ्नो विधामा शुक्रबार औसत प्रदर्शन गरेका छन् । दुवै खेलाडी आफ्नो नाममै रहेको राष्ट्रिय कीर्तिमानबाट टाढा रहे ।
हाङ्गचौ ओलम्पिक रंगशालाको गर्मी साँझमा पुरुष ८ सय मिटरमा प्रतिस्पर्धा गरेका सोम दोस्रो हिटमा पाँचौ भएका थिए । उनले ४८.६८ सेकेन्डमा निर्धारित दुरी पूरा गरे । उनले दक्षिण कोरियाका किम उइएअन र किर्गिस्तानका रुस्लान लितोभ्स्कीलाई पछि पारे ।
उक्त हिटमा जापानका साटो केन्तारो ४५.५७ सेकेन्डको समयसहित अन्तिम चरणमा छनोट भए । त्यस्तै भारतका अज्मल वारियाथोडी पनि ४५.७६ सेकेन्ड समयका साथ अघि बढे ।
यस्तै महिला १० किलोमिटर दौडमा सन्तोषी सहभागी ८ मध्य सातौं भइन् । उनले ३८ मिनेट ४०.१५ सेकेन्डमा निर्धारित दुरी पूरा गरिन् । उनले पाकिस्तानकी फरहत बानोलाई पछि पार्दा बहराइनकी बोन्तु रेवितुले पूरै २५ ल्याप कुदिनन् ।
८ सय मिटर कुदेपछि सन्तोषीको खुट्टामा समस्या आएर व्हिलचियरमा बाहिर लागिएको थियो । यद्यपि उनको अवस्था ठिक रहेको छ ।
यस स्पर्धामा बहराइनकी भायोला मोतोसिओले ३१ मिनेट ४३.७३ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण जितिन् । जापानकी रिरिका हिरोनाका दोस्रो र कजाकस्तानकी क्यारोलिन किप्किरुइ तेस्रो भए ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]