8 years ago
January 13, 2017
काठमाडौं – सातौं राष्ट्रिय खेलकुदमा दोहोरो स्वर्ण पदक जितेको दुई साता नबित्दै कान्छीमाया कोजुले विदेशी भुमिमा हाफ म्याराथनको उपाधि जितेकी छिन् । एपिएफकी कान्छीले बिहीबार भारतको दार्जिलिङ पुलिस म्याराथनमा हाफ म्याराथन जितेकी हुन् । पुरुष हाफ म्याराथनमा नेपाली सेनाका होमलाल श्रेष्ठले दोस्रो स्थान प्राप्त गरेका छन् ।
२१ किलोमिटर दौड १ घन्टा २३ मिनेट ४५ सेकेन्डमा पुरा गरेकी कान्छीले उपाधिसहित २ लाख ४० हजार रुपैयाँ जितिन् । हाफ म्याराथनमा भारतीय खेलाडी दोस्रो र तेस्रो स्थानमा आएका थिए । होमलालले हाफ म्याराथन १ घन्टा ११ मिनेट ०९ सेकेन्डमा पुरा गरेका थिए । उनले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे ।
पूर्वाञ्चलमा पुस १५ गते सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा कान्छीले ५ किलोमिटर र १० किलोमिटरमा स्वर्ण जितेकी थिइन् । पूर्वबाट काठमाडौं फर्केर कान्छीसहितको टोली ५ दिन अघि दार्जिलिङ पुगेको थियो । उनले लगातारको सफलता प्राप्त गर्नुमा मेनहत र सबैको शुभेच्छा रहेको बताउँछिन् ।
दुई दशक भन्दा लामो समय देखि प्रतिस्पर्धात्मक दौडमा भाग लिदै आएकी ३४ बर्षे कान्छीले हाम्रो खेलकुदसँग भनिन्,‘छोड्नु पर्ने बेलामा झन् राम्रो गर्दैछौं भनेर सबैले हौसला दिनुहुन्छ । मेहनत गरेकी छु त्यहि अनुसारको सफलताले खुसी लाग्छ । मेहनत गर्दा सफलता पनि मिलिरहेको छ । ’
महिला हाफ म्याराथनमै दौडेकी एपिएपकै कृष्णेश्वरी सिन्तकला र पुरुषतर्फ नेपाल पुलिसका भुमिराज राई दुवै पाँचौं स्थानमा आइन् । प्रतियोगिताको पाँचौं स्थान प्राप्त गर्नेले नगद पुरस्कार प्राप्त गरेका थिए ।
दार्जिलिङको रुट नेपालको भन्दा केही कठिन रहेको कान्छीले अनुभव सुनाइन् । ‘पिच रोड भएपनि यहाँको रुटमा एकदम उकालो ओरालो थियो ।
अहिले मौसम पनि निकै चिसो ’ दार्जिलिङका एक धावकसँगको व्यक्तिगत सम्पर्कका आधारमा नेपाली खेलाडी त्यहाँ गएको जनाउँदै कान्छीले भनिन् ‘ यहाँको पुरस्कार राशी पनि आक्रर्षक थियो अहिले थप अनुभवका लागि पनि भाग लिन आएका हौं । यहाँको सहभागिाले हाम्रो प्रदर्शनलाई अझै निर्खाने विश्वास छ । ’
महिला/पुरुष गरेर हाफ म्याराथनमा हजार भन्दा बढी खेलाडीको सहभागिता कान्छीले जनाइन् । उनले स्वदेश फर्केपछि कान्तिपुर म्यराथन र आर्मीको म्याराथनको तयारीमा जुट्ने जानकारी दिइन् ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]