default_image

2 years ago

July 15, 2023

बालबालिकाका लागि दौड प्रशिक्षण सुरु

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – निलेन्द्रराज श्रेष्ठ (एनआरएस) स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा धावक बन्न चाहानेहरुका लागि प्रशिक्षणको औपचारिक सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमिकभर्ड हलमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले शनिबार प्रशिक्षणको उद्घाटन गरे । उनले प्रशिक्षणले एथलेटिक्समा नयाँ खेलाडी तयार हुने विश्वास व्यक्त गरे ।

दौड संस्कृतिलाई प्रवद्र्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार पार्ने उद्देश्यका साथ एनआरएस स्पोर्टस फाउन्डेसनले प्रशिक्षण सन्चालन गरेको एनआरएस स्पोर्टस फाउन्डेसनका संस्थापक तथा काठमाडौं म्याराथनका संस्थापक अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए । प्रशिक्षण १२ वर्ष मुनीका बालबालिकाहरुलाई लक्षित गरि सुरुवात गरिएको हो ।

लामो समयदेखि दक्षिण एसियाली स्तरका दौड प्रतियोगितामा नेपालको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । अझै व्यवस्थित प्रशिक्षण दिन सकेको खण्डमा भविष्यमा विश्व स्तरका खेलाडी तयार हुने सम्भावना रहेको उल्लेख गर्दै एनआरएस स्पोर्टस फाउन्डेसनका अध्यक्ष श्रेष्ठले स्थानीय प्रतिभालाई राम्रोसँग हुर्काउन वातावरण तयार पार्न सके नेपालले माथिल्लो स्तरका खेलाडी तयार हुने विश्वास व्यक्त गरे ।

दौडको प्रशिक्षणका लागि एनआरएस स्पोर्टस फाउन्डेसन र इनड्राइभबीचको सहकार्यले महत्वपूर्ण हुने विश्वास फाउन्डेसनले लिएको लिएको छ । निशुल्क रुपमा गरिने प्रशिक्षण पहिलो चरणमा उपत्यकाका काठमाडौं, पाटन, भक्तपुर, थिमी, कीर्तिपुरमा सन्चालन गरिने बताइएको छ । अर्को चरणमा हेटौंडा, बुटवल र पोखरामा प्रशिक्षणा गरिनेछ ।

काठमाडौंमा विमला राना मगर, पाटनमा विमला जोशी र धनिराम चौधरी, भक्तपुरमा मोहन कर्माचार्य, थिमीमा राधेश्याम कावा, पोखरामा सिद्धान्त अधिकारी र हेटौडामा राजाराम पोखरेलले प्रशिक्षण दिनेछन् । प्रशिक्षकहरुको संयोजक राकेश बज्राचार्यले गर्नेछन् ।

एनआरएस स्पोर्टस पाउन्डेसन अध्यक्ष श्रेष्ठले प्रशिक्षण सन्चालनका लाािग आफूहरु उत्साहित रहेको र नेपालमा दौड संस्कृतिको प्रवद्धर्नमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । प्रशिक्षकहरुले बालबालिकालाई दौड, इन्डुरेन्स ट्रेनिङ तथा सम्भावित चोटबाट बचाउबारे ज्ञान दिने जनाएको छ । यसले प्रशिक्षार्थीहरुमा आफ्नो शीप तिखार्न, स्टामिना बढाउन र समग्रमा प्रदर्शनमा सुधार गर्न मद्दत मिल्ने विश्वास फाउन्डेसनको छ ।

इनड्राइभका नरेश श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रशिक्षण कार्यक्रममा साथ रहेको र भविष्यमा पनि सहकार्य रहने बताए । अनलाइनमार्फत १ सय भन्दा बढी बालबालिकाले प्रशिक्षणका लागि नाम दर्ता गराइसकेका फाउन्डसेनले जनाएको छ ।

युवा तथा सहज पहुँचबाट टाढा रहेका धावकलाई प्रवद्धर्न गर्न इनड्राइभले ३ सय धावकलाई काठमाडौं म्याराथनमा सहभागी हुन मद्दत गर्नेछ । काठमाडौं म्याराथनको १५ औं संस्करण २०८० अश्विन २७ गते शनिबार आयोजना हुने घोषणा यसअघि नै भइसकेको छ ।

एनआरएस स्पोर्टस फाउन्डेसन प्राति एक खेलकुदको इभेन्ट्स म्यानेजमेन्ट कम्पनीका रूपमा रहेको छ र यसले नेपालमा खेलकुदका विभिन्न गतिविधिको आयोजना तथा व्यवस्थापन गर्दै आएको छ । यसको उद्देश्य नेपालमा खेलकुदको प्रवद्र्धन र प्रतिभाशाली खेलाडीको विकासमा टेवा पुरयाउनु रहेको बताइएको छ ।

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.