2 years ago
July 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – धावक सोम बहादुर कुमाल नयाँ राष्ट्रिय कीर्तिमान बनाउनबाट चुकेका छन् । थाइल्यान्डमा सुरु भएको २४औं एसियन एथलेटिक्स च्याम्पियनसिपमा बुधबार पुरुष ४ सय मिटर दौडमा उनी १ मिली सेकेन्डले राष्ट्रिय कीर्तिमान बनाउनबाट चुकेका हुन् ।
सोमले निर्धारित दुरी ४८.३३ सेकेन्डमा पूरा गरे । ४ सय मिटर दौडको राष्ट्रिय कीर्तिमान आशाराम चौधरीको नाममा छ । आशारमले ३३ वर्षअघि (सन् १९९० मा) चीनको बेइजिङमा ४८.३२ सेकेन्डको (इलेक्ट्रोनिक) कीर्तिमान बनाएका थिए ।
यो कीर्तिमानलाई सोमले गत असोज र कात्र्तिकमा गण्डकी प्रदेशको पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा तोडेपनि त्यो (ह्यान्ड टाइमिङ) मा थियो ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]