2 years ago
March 25, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबकी राजपुरा पछाई महिला र त्रिभुवन आर्मी क्लबका मुकेश पालले पुरुषतर्फ वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् ।
शनिबार भएको दौडमा राष्ट्रिय कीर्तिमानसहित राजपुराले उपाधि जितेकी हुन् । उनले ३६ मिनेट ४३.२ सेकेन्डको कीर्तिमानसहित पहिलो स्थान हासिल गरिन् । राजपुराले आफ्नै कीर्तिमान भंग गरेकी थिइन् । यसअघि उनको नाममा ३७ मिनेट १०.५ सेकेन्डको कीर्तिमान थियो । त्यति बेला उनले सन्तोष श्रेष्ठको ३७ मिनेट ५३.५४ सेकेन्डको कीर्तिमान तोडेकी थिइन् ।
रोड रेसको चौथो संस्करणमा पुरुषमा तीब्र प्रतिस्पर्धाकाबीच मुकेशले पहिलो स्थान प्राप्त गरेका हुन् । उनले ३१ मिनेट २१.७६ सेकेन्डमा दौड पूरा गरेका थिए । अघिल्ला तीन संस्करणका विजेता एपिएफका गोपीचन्द्र पार्की दोस्रो भए । गोपीे ३१ मिनेट ३८.६८ सेकेन्डमा दौड पूरा गरेका थिए । गत महिना भएको एसियन क्रस कन्ट्रीका स्वर्ण पदक विजेता दीपक अधिकारी तेस्रो भए । दीपकले ३१ मिनेट ४७.४२ सेकेन्डमा दौड पूरा गरेका थिए ।
दरबारमार्गबाट सुरु भई सहरका विभिन्न भाग हुँदै पुनः दरबारमार्ग पुगेर दौड सम्पन्न भएको थियो । आर्मीका सन्जय श्रेष्ठ (३२ मिनेट १०.०२ सेकेन्ड) चौथो र केन्यका सिमोन किपागट टु (३२ मिनेट ३३.९९ सेकेन्ड) पाँचौं भएको थिए ।
पुलिसकै राममाया बुढा दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् । रामामायो ३७ मिनेट ५४.१५ सेकेन्ड र पुष्पो ३८ मिनेट २६.०३ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (३९ मिनेट ०२.३५ सेकेन्ड) चौथो र एपिएफकी विन्द्रा धन्के श्रेष्ठ (३९ मिनेट २५.०६ सेकेन्ड) पाँचौं भइन् ।
राजपुरा र राममाया दुवै एसियन क्रस कन्ट्रीका पदक विजेता खेलाडी हुन् । फागुन २३ गते गोकर्ण गल्फ रिसोर्टमा भएको एसियन क्रस कन्ट्रीमा राजपुराले सिनियर र राममायो जुनियरतर्फ रजत पदक जितेकी थिइन् ।
महिलामा आर्मीकी गीता विक, पुलिसकी सुमित्रा चौधरी, आर्मीकी रेखा लिम्बु, स्वयम्भु एथलेटिक्स क्लबकी सोनु घतानी र अरुणा अधिकारी क्रमशः तेस्रो देखि १०औं भइन् ।पुरुषतर्फ आर्मीका राजन रोकाय, आर्मीका सुशिल कुमार शाही, एपिएफका राजेन्द्र तामाङ, आर्मीका खगेन्द्र भाट तथा प्रताप थाम्सुङ क्रमश चौथोदेखि १०औं भए ।
गणेशमान सिंह फान्डेसन अन्तर्गतको गणेशमान सिंह खेलकुद समितिले आयोजना गरेको रोड रेसका दुवैतर्फका विजेताले ६० हजार, दोस्रोे ३० र तेस्रो हुने खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गरे । चौथोे हुनेले १० र पाँचौं हुने खेलाडीे ५ हजार रुपैयाँ पाए । राष्ट्रिय कीर्तिमान बनाएकी राजपुराले थप १० हजार रुपैयाँ प्राप्त गरेकी थिइन् । रेसमा झण्डै ४ सय खेलाडीले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
गणेशमान सिंहका छोरा तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, गणेशमान खेलकुद समितिका संयोजक सन्जीव तुलाधार, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]