2 years ago
March 4, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा भाग लिन विदेशी खेलाडी आउने क्रम सुरु भएको छ ।
जापानका २ खेलाडी युआ सारुमिडा र डाइची कामिनोसहित ४ सदस्यीय टोली शनिबार काठमाडौं आइपुगेका छन् । सारुमिडाले सिनियर महिला १० र कामिनोले सिनियर पुरुष १० किलोमिटरमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल एथलेटिक्स संघका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुलाई स्वागत गरेका थिए । जापानी दुई खेलाडी
२२ वर्षपछि नेपालमा हुन लागेको च्याम्पियनसिपमा नेपालसहित १० भन्दा बढी देशका खेलाडीको खेलाडीको सहभागिता रहनेसंघले जनाएको छ । च्याम्पियनसिपमा सबै भन्दा बढी नेपालका १९ खेलाडीको सहभागिता रहनेछ ।
च्याम्पियनसिपमा दक्षिण एसियाका अन्य राष्ट्र भारत,बंगलादेश, माल्दिभ्स र पाकिस्तानले पनि खेलाडी पठाउने निश्चित गरिसकेको बताइएको छ । एसियन एथलेटिक्स एसोसिएसनको तत्वाधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा मंगलबार गोकर्ण फरेस्ट रिसोर्टमा च्याम्पियनसिप आयोजना हुन लागेको हो ।
यसअघि नेपालले सन् २००१ मा क्रस कन्ट्रीको छैटौं संस्करण आयोजना गरेको थियो । त्यति बेला नेपालले जुनियर महिलातर्फ कास्य पदक जितेको थियो । यसअघि सन् २०११ मा पनि च्याम्पिसिप आयोजनाको प्रयास भएपनि सफल भएको थिएन ।
च्याम्पियनसिपमा सिनियर पुरुष र महिलातर्फ १० किमि, २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किमि र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किमि गरी कूल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिस्पर्धा हुने बताइएको छ ।
च्याम्पियनसिपलाई बागमती प्रदेश खेलकुद विकास परिषद, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एमएडब्ल्यु इन्टरप्राइजेज प्र.लि.सँग सहयोग गरेका छन् ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]