2 years ago
February 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघको आयोजनामा यही फागुन २३ गते मंगलबार गोकर्ण फरेस्ट रिसोर्टमा हुने १६ औं एसियन क्रस–कन्ट्री च्याम्पियनसिपको लागि तीन संस्थासँग सहकार्य सम्झौता भएको छ ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष राजीव विक्रम शाहले तीन फरक संस्थासँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । संघले बागमती प्रदेश खेलकुद विकास परिषद, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एमएडब्ल्यु इन्टरप्राइजेज प्र.लि.सँग सम्झौता गरेको हो ।
सम्झौता–पत्रमा संघका अध्यक्ष शाहसँग परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले हस्ताक्षार गरे । त्यस्तै एनएलआईसीएलको तर्फबाट प्रमुख प्रेमा राज्यलक्ष्मी सिंहले प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थितिमा हस्ताक्षर गरेकी थिइन् । त्यस्तै, एमएडब्ल्यु इन्टरप्राइजेजको तर्फबाट मार्केटिङ म्यानेजर रमेश दनेखुले सम्झौता आदान प्रदान गरे ।
एसियन एथलेटिक्स एसोसिएसन (एएए) ले दुई–दुई वर्षमा सञ्चालन गर्दै आएको एसियन क्रस–कन्ट्री च्याम्पियनसिप यसपटक नेपालमा आयोजना हुना लागेको हो । नेपालले यसअघि सन् २००१ मा पनि एसियाली क्रस कन्ट्री आयोजना गरेको थियो ।
अध्यक्ष शाहले नेपालले २२ वर्षपछि आयोजना गर्न लागेको एसियन क्रस–कन्ट्री च्याम्पियनसिप देशकै लागि गर्वको कुरा रहेजो बताए । ‘यस प्रतियोगिताले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बृद्धि गर्ने छ । हामी यस च्याम्पियनसिपलाई भव्य एवम् सफलतापूर्वक आयोजना गर्ने अन्तिम तयारीमा छौं । हाम्रो यस अभियानमा जोडिएकोमा बागमती प्रदेश खेलकुद विकास परिषदलाई विशेष धन्यवाद,’ उनले भने ।
शाहले थपे, ‘निजी क्षेत्रको प्रतिनिधित्व गर्दै हाम्रो हौसला बढाएकोमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एमएडब्ल्यु इन्टरप्राइजेजलाई धन्यवाद व्यक्त गर्दछु । सरकार र निजी क्षेत्रको लगानीमा हाम्रा खेलाडीहरूले यसपाली च्याम्पियनसिपमा पदक जितेर इतिहास कोर्ने विश्वास छ ।’
च्याम्पियनसिपमा एसियन एथलेटिक्स एसोसिएसनका सदस्य ४५ देशमध्ये धेरै देशका खेलाडी सहभागि हुन नेपाल आउने आशा गरिएको छ । पुरुष र महिलाका सिनियर र जुनियर गरी इन्डिभिज्युअल चार इभेन्ट्समा प्रतिस्पर्धा हुने छ । यसै साता नेपाली खेलाडीको छनोट भइसकेको छ ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]