2 years ago
February 20, 2023
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता धाविका सन्तोषी श्रेष्ठ सोमबार (आज) इथोपिया पुग्दैछिन् । ग्लोबल स्पोर्टस कम्युनिकेसनको छात्रबृति एक महिना भन्दा लामो प्रशिक्षणका लागि सन्तोषी आइतबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।
एनआरएनए स्पोर्टस फाउन्डेसनले उनलाई छात्रबृति दिलाउनका लागि पहल गरेको थियो । उनको प्रशिक्षणमा इयर्ली ट्रष्टको आर्थिक सहयोग रहेको बताएको छ । ग्लोबल स्पोर्टसले खेलाडीहरुको व्यवस्थापन हेर्ने संस्था हो । तीन वर्षअघि स्वदेशमा आयोजना भएको १३ औं सागमा सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् ।
झन्डै चार दशक लामो साग इतिहासमा एथलेटिक्सतर्फ सागमा स्वर्ण पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी हुन् । सागयता सन्तोषीले देश भित्र भाग लिएका अधिकांश प्रतियोगितामा उपाधि जित्दै आएकी छिन् । कात्तिकमा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा उनले ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् ।
सन्तोषीले आफू भाग्यमानी रहेको जनाउँदै विदाई कार्यक्रममा भनिन्, ‘यति ठूलो कार्यक्रमको लागि चयन भएकी छु । धेरै नयाँ सिकर जितको मानसिकता बोकेर आउनेछु । यसले व्यक्तिगत प्रदर्शनमा सकारात्मक असर पर्नेछ । नयाँ पुस्तालाई पनि सहयोग गर्न सक्ने हुनेछु । ग्लोबल स्पोर्टस कम्युनिकेसनको कार्यक्रममा छानिने उनी दक्षिण एसियाको पहिलो र एसियाकै दोस्रो खेलाडी भएको बताइएको छ ।’
ओलम्पिक तथा विश्व च्याम्पियनसिपका विजेताहरुलाई प्रशिक्षण दिइसकेका टेसे अब्सहिरोसँग सन्तोषीले ३५ दिने प्रशिक्षण लिने बताइउको छ । त्यसपछि उनी नेदरल्यान्ड्समा आयोजना हुने १६ औं संस्करणको भेनलुप हाफ म्याराथनमा भाग लिन जानेछिन् ।
सन्तोषीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव तथा एनआरएन स्पोर्टस फाउन्डेसनका संस्थापक निलेन्द्रराज श्रेष्ठ, उनका प्रशिक्षक रघु वन्तलगायतले विदाई गरेका थिए । सदस्य सचिव घिसिङले भविष्यमा सन्तोषीलाई आवश्यक पर्ने सहयोगका लागि परिष्द तयार रहेको बताए ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]