2 years ago
February 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– पाँचौं संस्करणको स्तुपा तु स्तुपा रेसको ५४ किलोमिटरको महिलातर्फ नेपालकी मन्जु राउत र पुरुषतर्फ सुमन कुलुङ राई विजयी भएका छन् । मिरा राई इनिसिएटिभको आयोजनामा शनिबार भएको स्तुपा टु स्तुपाको २१ किलोमिटर महिलातर्फ नेपाली राज्य लक्ष्मी रावल र पुरुषतर्फ गोपाल तामाङ विजयी भएका छन् ।
५४ किलोमिटर महिलाकी विजेता मन्जुले ६ घन्टा ५९ मिनेट ०३ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । प्रिया राई (६ घन्टा ५९ मिनेट ११ सेकेन्ड) दोस्रो र चोकी शेर्पा (७ घन्टा २० मिनेट १३ सेकेन्ड) तेस्रो भएकी थिइन् । बेलायतकी आना एडवार्ड (८ घन्टा १ मिनेट ५९ सेकेन्ड) र डेनमार्ककी स्टिनी हइसिबर्ग (८ घन्टा ४ मिनेट ३८ सेकेन्ड) पाँचौं भइन् । महिला ५४ किलोमिटरमा १४ खेलाडीले प्रतिस्पर्धा गरेकी थिइन् ।
५४ किलोमिटरका विजेता सुमनले ४ घन्टा ४४ मिनेट ४८ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरेका थिए । अर्जुन राई (५ घन्टा २ मिनेट ०४ सेकेन्ड) दोस्रो, दलबहादुर कुँवर (५ घन्टा ७ मिनेट १३ सेकेन्ड) तेस्रो, बेदबहादुर सुनुवार (५ घन्टा २३ मिनेट ०२ सेकेन्ड) चौथो र जाङ्बु शेर्पा (५ घन्टा ३५ मिनेट ४३ सेकेन्ड) पाँचौं भएका थिए । पुरुष ५४ किलोमिटरमा ६७ जनाले प्रतिस्पर्धा गरेका थिए ।
२१ किलोमिटर महिलाकी विजेता राज्य लक्ष्मीले २ घन्टा १७ मिनेट ०६ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । नितु तामाङ (२ घन्टा १७ मिने १२ सेकेन्ड) दोस्रो, रसिला तामाङ (२ घन्टा १७ मिनेट ५६ सेकेन्ड) तेस्रो, पदमकुमारी सुनुवार (२ घन्टा २१ ०६ सेकेन्ड) चौथो र सुनकल राई (२ घन्टा २६ मिनेट ०३ सेकेन्ड) पाँचौं भएकी थिइन् । सो इभेन्ट्समा १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
२१ किलोमिटर पुरुषमा गोपालले १ घन्टा ४८ मिनेट २७ सेकेन्डमा दौड पूरा गरेका थिए । ४३ जनाले प्रतिस्पर्धा गरेको दौडमा विरेन्द्र पान्डे (१ घन्टा ५८ मिनेट ३२ सेकेन्ड) दोस्रो, अशोक बराम (१ घन्टा ५८ मिनेट ३३ सेकेन्ड) तेस्रो, अविराज चाम्लिङ राई (१ घन्टा ५८ मिनेट ३३ सेकेन्ड) चौथो र प्रविण गुरुङ (२ घन्टा ११ मिनेट ०५ सेकेन्ड) पाँचौं भएका थिए ।
५४ किलोमिटर रेस स्वयम्भुबाट सुरु भएर जामाचो, नागि गुम्बा, कपन हुँदै बौद्ध पुगेर टुंगिएको थियो । स्तुपा टु स्तुपा रेसको पहिलो संस्करण सन् २०१५ भएको थियो । दुवैतर्फका ५४ किलोमिटर दौडका विजेताले ४० हजार, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । २१ किलोमिटर दौडका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । दुवै विधाको चौथो हुनेले ५ र पाँचौं हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
आल्ट्रा धाविका मिरा राइको नाममा स्थापित मिरा राई इनिसियटिभको आयोजना भएको रेसलाई वल्र्ड लिंकले मुख्य प्रायोजन गरेको छ भने करुना हस्पिटल मेडिकल पार्टनर, अलफ्ट होटल हस्पिटालिटी पार्टनर, एनएमबी बैंक बैंकिङ पार्टनर र एनएफसी कन्सलटिङ पार्टनरका रुपमा रहेको थियो ।
अन्य सहयोगीमा नेपाल पयर्टन बोर्ड, काठमाडौं महानगरपालिका, स्वयम्भु क्षेत्र विकास समिति, वन तथा भूसंरक्षण विभाग, शिवपुरी नार्गजुन नेसनल पार्क, एभरेष्ट म्याराथन, छायाँ सन्टर, स्न्याक अन, फ्रिडम सोसिएल फाउन्डेसन र ब्लू स्टार कार्गो रहेका थिए ।
त्यस्तै गोकणेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका वडा नं १, श्री बुढानिलकण्ठ क्षेत्र विकास समिति, राष्ट्रिय खेलकुद परिषद्, उत्पला क्याफे, हिमालयन ट्रेल रनिङ, हार्ड रक क्याफे, टि टेन र एस एन्ड एस फिजियोथेरीकोे पनि स्तुपा टु स्तुपा रेसलाई सहयोग रहेको थियो ।
January 14, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)ले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई नेपालका लागि आफ्नो दुत नियुक्त गरेको छ । एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन् ।‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने एम्सको […]
January 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण अर्को महिना आयोजना हुने भएको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन माघ १२ गते हुने सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, […]
December 7, 2024
नेपालगन्ज ( हाम्रो खेलकुद) – दसौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दौड शनिवार २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै खडकले उपाधि जितेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया दोस्रो र सुशील कुमार तस्रो भए । खडक गत संस्करणका उपविजेता र आठौं संस्करणका […]