2 years ago
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद)– मिरा राई इनिसिएटिभसको आयोजनामा शनिबार पाँचौ स्तुपा टु स्टुपा ट्रेल रेस हुने भएको छ । स्पुता टु स्तुपा रेसमा महिला र पुरुष ५४ किलोमिटर र २१ किलोमिटर अलग अलग दौड समावेश गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
रेस स्वयम्भुबाट सुरु भएर जामाचो, नागि गुम्बा, कपन हुँदै बौद्ध पुगेर टुंगिनेछ । नेपाली १ सय ६० सहित १६ राष्ट्रका झण्डै २ सय ५० जनाले रेसमा भाग लिने बताइएको छ । स्तुपा टु स्तुपा रेस धावकहरुलाई रेसले नयाँ अनुभुति दिने विश्वास लिएको भन्दै अल्ट्रा धावक मिरा राईले भनिन्, ‘ धावकहरूले काठमाण्डौं उपत्यकाको वरिपरि रहेको घनाजंगलको किनार हुँदै ऐतिहासिक तथा पुरातात्विक स्तुपाहरू रहेको अग्लो स्थानहरूको समिप हुँदै दौड पुरा गर्ने अवसर पाउनुहुनेछ ।’ स्तुपा टु स्तुपा रेसको पहिलो संस्करण सन् २०१५ भएको थियो ।
५४ किलोमिटर दौडका विजेताले ४० हजार, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । २१ किलोमिटर दौडका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । दुवै विधाको चौथो हुनेले ५ र पाँचौं हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
मिराको नामा स्थापित मिरा राई इनिसियटिभको आयोजनामा हुने रेसलाई वल्र्ड लिंकले मुख्य प्रायोजन गरेको छ भने करुना हस्पिटल मेडिकल पार्टनर, अलफ्ट होटल हस्पिटालिटी पार्टनर, एनएमबी बैंक बैंकिङ पार्टनर र एनएफसी कन्सलटिङ पार्टनरका रुपमा रहेको छ ।
अन्य सहयोगीमा नेपाल पयर्टन बोर्ड, काठमाडौं महानगरपालिका, स्वयम्भु क्षेत्र विकास समिति, वन तथा भूसंरक्षण विभाग, शिवपुरी नार्गजुन नेसनल पार्क, एभरेष्ट म्याराथन, छायाँ सन्टर, स्न्याक अन, फ्रिडम सोसिएल फाउन्डेसन र ब्लू स्टार कार्गो रहेका छन् ।
त्यस्तै गोकणेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका वडा नं १, श्री बुढानिलकण्ठ क्षेत्र विकास समिति, राष्ट्रिय खेलकुद परिषद्, उत्पला क्याफे, हिमालयन ट्रेल रनिङ, हार्ड रक क्याफे, टि टेन र एस एन्ड एस फिजियोथेरीकोे पनि स्तुपा टु स्तुपा रेसलाई सहयोग रहेको बताइएको छ ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]