default_image

2 years ago

January 20, 2023

पुष्पा दोस्रोपटक बंगबन्धु म्याराथन च्याम्पियन

325 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली धाविका पुष्पा भण्डारीले दोस्रो पटक बंगबन्धु शेख मुजिब ढाका म्याराथनको साफ एलिटतर्फको उपाधि जितेकी छिन् ।

फाइल तस्वीर

शुक्रबार भएको म्याराथनमा पुष्पाले २ घण्टा ४८ मिनेट २ सेकेन्डको समयमा निर्धारित ४२.१९५ किलोमिटर दुरी पूरा गरिन् ।पुष्पाले पहिलो स्थान हासिल गर्दा नेपालकै विन्द्रा धानके श्रेष्ठले तेस्रो स्थान हासिल गरिन् । श्रीलंकाकी सुजनी परेरा दोस्रो भइन् । उनी पुष्पाभन्दा २० सेकेन्ड पछि रहेकी थिइन् ।

पुष्पाले यसअघि म्याराथनको सन् २०२१ संस्करणमा साफ एलिटतर्फ स्वर्ण पदक जितेकी थिइन् । सन् २०२२ को संस्करणमा भने उनी कास्य पदकमा सिमित भएकी थिइन् । पुस्पाले १३ औं दक्षिण एसियाली खेलकुदमा पनि रजत पदक हासिल गरेकी थिइन् ।

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.