default_image

2 years ago

January 3, 2023

एम्समा दर्तापछि पहिलो पटक सफल पोखरा म्याराथान हुँदै

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १७ औं संस्करण फागुनको पहिलो साता आयोजना हुँदैछ । त्यसका लागि आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा विभिन्न उपसमिति बनाएर काम अघि बढाइरहेको जानकारी दिएको छ ।

यसपटक सफल पोखरा म्याराथनमा ८ वटा इभेन्टहरु एकै पटक एकै दिन बताइएको छ । जसमा खुला म्याराथन ४२.१९५ किमि, २१.०९७ किमि हाफ म्याराथन महिला, महिला/पुरुष १० किमि दौड, विद्यालयस्तरिय छात्र / छात्रा ५ किमि दौड, महिला/पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड हुनेछन् । वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ’रन फर फन’ पनि आयोजना हुने बताइएकोछ ।

यसपटक पुरस्कार राशीमा पनि बृद्धि भएको छ । म्याराथनको विजेताले ५ लाख, दोस्रो हुनेछले ३ लाख, तेस्रोले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न छुट्टै पुरस्कारको व्यवस्था पनि गरिएको मञ्चले जनाएको छ । पोखरा म्याराथन म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ’एसोसियसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिष्टेन्स रेसेस’ (एम्स)मा दर्ता भइसकेको छ भने पोखरा म्याराथनको रुट समेत एम्सबाट प्रमाणिकरण भइसकेको छ ।

महिला हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्र/ छात्र, ह्विल चियर तथा दृष्टिविहिनतर्फ पनि पुरस्कार राशीमा बृद्धि गरिएको बताइएको छ । पोखरा म्याराथनका लागि ९३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । यसपटक पोखरा चिप्सको प्रयोग गरिने बताइएको छ । म्याराथन र महिला हाफ म्याराथनका सहभागीहरुले चिप्सको प्रयोग गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दुधले पोखरा म्याराथनको मुख्य प्रायोजन गर्दै आएको छ । गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनरको रुपमा पोखरेली मञ्च युके, नेपालको प्रतिष्ठित बैंक कृषि विकास बैंक बैकिङ पार्टनरको रुपमा रहने छ ।

सहयोगीमा स्पोर्टस वेयर एक्स–टेप, केल्मी,समाजसेवी तथा व्यवसायी पोखरा १६ अर्मला घर भई हाल युके निवासी श्री दुर्गा गुरुङ, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरा १४, कुमुदिनी होम्स् मावि गौपाटन पोखरा ४, हिमेक्स नेपाल, हिमालयन कम्प्युटर, वुमरÞ्याङ रेष्टुरेन्ट, तमु धि युके, सहारा युके, गोकर्ण कार्की (बाराही बेकरी), एण्ड बार, बगर भाई खलक यूकेका अध्यक्ष दिलरास गुरुङ, पोखरा ६ तथा हाल स्कटल्याण्ड निवासी समाजसेवी जोनी मुङलान रेष्टुरेन्ट पहारी छन् ।

पोखरा पर्यटन परिषद लगायतले सहयोग गर्ने संगै म्याराथनको प्रवर्द्धकको रुपमा नेपाल पर्यटन वोर्ड रहेको छ । म्याराथनलाई फिजियो थेरापी एशोसियसन, एम्वुलेन्स चालक संघ, पोखराका विभिन्न अस्पतालहरु, नेपाल रेडक्रस सोसाइटी कास्की लगायतको सहयोग रहेको बताइएको छ ।

March 6, 2025

नेपालले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]

February 23, 2025

खडक प्रधान सेनापति म्याराथन च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले प्रधान सेनापति कप म्याराथनको उपाधि जितेका छन् । खडकले शनिवार भएको म्याराथनको दूरी २ घण्टा १७ मिनेट २० सेकेन्डमा पूरा गरि विजयी भएका थिए । खडकले यमाहको १ थान मोटरसाइकलको साथ ३ लाख रुपैयाँ प्राप्त गरे । आर्मी कै राजन रोकाय (२ घन्टा २० मिनेट २२ […]

February 23, 2025

सन्तोषी र मिङगमार टेन के रन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन धादिङकी सन्तोषी श्रेष्ठ र मिङगमारसिंह तामाङले साइन रेसुङगा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आइतवार भएको दौडमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङगमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे । काठमाडौंमा प्रधानसेनापति म्याराथनको हाफ म्याराथन जितेको भोलि पल्ट सन्तोषीले निर्धारित दुरी […]

Success

Thank you for your time.