default_image

8 years ago

December 26, 2016

२ सय मिटर दौडमा यम र कृष्णालाई स्वर्ण

116 views

0 Bookmark

इटहरी – (हाम्रो खेलकुद) –  सातौ राष्ट्रिय खेलकुद अन्तर्गत एथेलेटिक्सको २०० मेटर दौडमा पुरुष तर्फ मध्यपश्चिमका यमसजन सुनारले भने महिला तर्फ नेपाल आर्मीकी कृष्णा चौधरीले स्वर्ण जितेका छन ।

yam sajan

इटहरीस्थित इटहरी रंगशालामा निर्धारित दुरी २१ दशमलब ७० सेकेण्डमा पुरा गर्दै सुनारले स्वर्ण पदक जितेका हुन् । सुनारले यसअघि एक सय मिटर दौडमा पनि स्वर्ण पदक जितेका थिए ।

यसैगरी सशस्त्र प्रहरीका आशिष चौधरीले नेपाल आर्मीका आनन्द चौधरीलाई पछी पार्दै  २२ दशमलब २२ सेकेण्डका साथ रजत पदक जिते । चौधरीले २२ दशमलब २४ सेकेण्डका साथ कास्य पदक जितेका छन् ।

army

२ सय मिटरको महिलातर्फ नेपाल आर्मीकी कृष्णा चौधरीले स्वर्ण जित्दा निर्धारित दुरी २६ दशमलब ९० सेकेण्डमा पार गरेकी हुन ।  यस्तै आर्मीकै संगिता मेचेले २७ दशमलब ७२ सेकेण्डका साथ रजत र मध्यपश्चिमाञ्चल विकास क्षेत्रकी प्रमिला थारुलिे २७ दशमलब ७३ सेकेण्डका साथ कास्य पदक जित्न सफल भइन

February 21, 2025

१० नेपाली धावक टोकियो म्याराथनमा दौडने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]

February 21, 2025

राजन दिल्ली म्याराथनमा दौडने

काठमाडौं (हाम्रो खेलकुद)- राजन चौधरीले भारतमा हुने दसौं एपोलो टायर्स दिल्ली म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । आइतवार हुने दिल्ली म्याराथनमा १६ औं काठमाडौं म्याराथनका समग्रमा उपविजेता बनेका राजन प्रतिस्पर्धा गर्न लागेको एनआरएस स्पोर्टस फाउन्डेसन ले जनाएको छ। काठमाडौं म्याराथनको आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले राजनको दिल्ली म्याराथनमा सहभागिताको दर्तालगायत सबै व्यवस्थापन मिलाए जनाएको छ। व्यवस्थापनका […]

February 21, 2025

ओलम्पियन सन्तोषीलाई सूर्योदयको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन सन्तोषी श्रेष्ठलाई सूर्योदय सेकेण्डरी बोर्डिङ स्कुलले नगदसहित शुक्रवार सम्मान गरेको छ। स्कुलको खेलकुद दिवसका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषीलाई सूर्योदयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर के. सी. ले १० हजार रुपैयाँ र कदर पत्रले सम्मान गरे। सन् २०१९ मा स्वदेशमा‌ आयोजना भएको १३औं सागको १० हजार […]

Success

Thank you for your time.