8 years ago
December 25, 2016
इटहरी (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदको महिला/पुरुष दुवै रिले दौड नेपाली सेनाको आर्मी क्लबले जितेको छ । इटहरी रंगशालामा आइतबार ४ गुणा ४ सय मिटरको पुरुष रिले आर्र्मीको टोलीले ३ मिनेट ३०.२० सेकेन्डमा पुरा गरेको थियो ।
पुरुषमा एपिएफले रजत (३ मिनेट २७.६२ सेकेन्ड) र मध्यपश्चिमले (३ मिनेट ३६.६८) ले कास्य पदक जित्यो । ४ मिनेट १४.७० सेकेन्डका साथ आर्मीले महिलातर्फको स्वर्ण पदक जितेको थियो । महिलामा एपिएफले नै रजत र मध्यपश्चिमले कास्य पदक प्राप्त गर्यो । एपिएफले ४ मिनेट २३.५८ सेकेन्ड र मध्यपश्चिमले ४.३८ सकेन्डको समय निकालेको थियो ।
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राजन चौधरीले भारतमा हुने दसौं एपोलो टायर्स दिल्ली म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । आइतवार हुने दिल्ली म्याराथनमा १६ औं काठमाडौं म्याराथनका समग्रमा उपविजेता बनेका राजन प्रतिस्पर्धा गर्न लागेको एनआरएस स्पोर्टस फाउन्डेसन ले जनाएको छ। काठमाडौं म्याराथनको आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले राजनको दिल्ली म्याराथनमा सहभागिताको दर्तालगायत सबै व्यवस्थापन मिलाए जनाएको छ। व्यवस्थापनका […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन सन्तोषी श्रेष्ठलाई सूर्योदय सेकेण्डरी बोर्डिङ स्कुलले नगदसहित शुक्रवार सम्मान गरेको छ। स्कुलको खेलकुद दिवसका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषीलाई सूर्योदयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर के. सी. ले १० हजार रुपैयाँ र कदर पत्रले सम्मान गरे। सन् २०१९ मा स्वदेशमा आयोजना भएको १३औं सागको १० हजार […]