8 years ago
December 25, 2016
दिपेन्द्र पोखरेल
इटहरी – नेपाली सेनाका रामबहादुर थापाले ज्याभलिङ थ्रोमा स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार रामबहादुरले ५६.८८ मिटरको दुरी थ्रो गर्दै पहिलो स्थान प्राप्त गरेका हुन् ।
नेपाल पुलिसका नरेन्द्रजंग शाह र एपिएफका प्रकाश खड्काले कास्य पदक जितेका छन् । नरेन्द्रजंगले ५३.४० मिटर र प्रकाश खड्काले ५१.६७ मिटर दुरी थ्रो गरे ।
November 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंकी सन्तोषी श्रेष्ठ र नेपाली सेनाका मुकेश पालले शनिवार गरिमा रोड रेसको उपाधि जितेका छन्। १० किलोमिटर दौड महिलामा सन्तोषी र पुरुषमा मुकेश पहिलो भएका हुन् । गरिमा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- विश्व म्याराथन मञ्चमा नेपालकाे दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेको छ । विश्व म्याराथनकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)काे २५ औं वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दावेदारी प्रस्तुत गरेको थियाे । नर्वेले ८५ मत […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ शनिवार सम्पन्न भएको छ । असोज १२ गते भएको काठमाडौं म्याराथन सफलतापूर्वक सम्पन्न भए पनि भारी वर्षाका कारण दर्ता भएका सबैले भाग लिन सकेनन्। उनीहरूलाई नै पुनः एउटा मौका तथा प्रेरणा प्रदान गर्न नि:शुल्क राखिएको आयोजक एनआरएस फाउन्डेसनले जनाएको छ। ललितपुरको पाटन दरबार क्षेत्र, कृष्ण मन्दिर […]