2 years ago
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गत महिला ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।
पाँचौं दिन पोखरा रंगशालामा चन्द्रकलाले ४७.६० मिटरको कीर्तिमानका साथ स्वर्ण जितिन् । उनले तीन वर्षअघि आर्मीकी लक्ष्मी थारुले बनाएको कीर्तिमान भंग गरेकी हुन् । लक्ष्मीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कीर्तिमान बनाएकी थिइन् । त्यसबेला लक्ष्मीले ४५.२७ मिटर कीर्तिमान राखेकी थिइन् ।
आर्मीकी लक्ष्मी थारु ४५.५६ मिटर कायम गर्दै रजतमा सिमित भइन् । त्यस्तै एपिएफकी सिमा कुमारी थारुले ४५.२० मिटर टाढा फाल्दै तेस्रो स्थान हासिल गरिन् ।
पुरुषतर्फ ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जिते । उनले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जित्दा एपिएफका रमेश पोखरेलले ५५.४३ मिटरका साथ रजत र मनोज डगौराले ५३.३९ मिटरका साथ कास्य पदक जिते ।
बुधबार नै ४ सय मिटर हर्डल्समा त्रिभुवन आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जिते । थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते । आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत तथा एपिएफका तिरप्रताप महत्तोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य प्राप्त गरे ।
यो पनि : सागकी स्वर्णधारी सन्तोषीले नवौंमा अर्को स्वर्ण जितिन्
December 7, 2024
नेपालगन्ज ( हाम्रो खेलकुद) – दसौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दौड शनिवार २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै खडकले उपाधि जितेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया दोस्रो र सुशील कुमार तस्रो भए । खडक गत संस्करणका उपविजेता र आठौं संस्करणका […]
November 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंकी सन्तोषी श्रेष्ठ र नेपाली सेनाका मुकेश पालले शनिवार गरिमा रोड रेसको उपाधि जितेका छन्। १० किलोमिटर दौड महिलामा सन्तोषी र पुरुषमा मुकेश पहिलो भएका हुन् । गरिमा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- विश्व म्याराथन मञ्चमा नेपालकाे दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेको छ । विश्व म्याराथनकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)काे २५ औं वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दावेदारी प्रस्तुत गरेको थियाे । नर्वेले ८५ मत […]