8 years ago
December 24, 2016
सातौ राष्ट्रिय खेलकुद
इटहरी (हाम्रो खेलकुद ) – सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सको १५ सय मिटरमा महिलातर्फ आर्मीकी सरस्वती भट्टराईले स्वर्ण पदक हात पारेकी छिन । । रियो ओलम्पिकमा उनले १५ सय मिटरको महिलतर्फको दौडमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय किर्तिमान कायम गरेकी थीइन ।
भट्टराईले निर्धारित दुरी ४ मिनेट ३७ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन । दोस्रो भएकी एपीएफकी फुलमती रानाले निर्धारित दुरी ४ मिनेट ५३ दशमलब ९६ सकेन्डमा पुरा गरिन । यस्तै तेस्रो भएकी आर्मीका लक्ष्मी पाण्डेले ४ मिनेट ५६ दशमलव २६ सेकेन्डमा पुरा गरिन ।
यसही त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमालले पुरुष तर्फ १५ सय मिटर दौडमा स्वर्ण हात पारेका थिए ।
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राजन चौधरीले भारतमा हुने दसौं एपोलो टायर्स दिल्ली म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । आइतवार हुने दिल्ली म्याराथनमा १६ औं काठमाडौं म्याराथनका समग्रमा उपविजेता बनेका राजन प्रतिस्पर्धा गर्न लागेको एनआरएस स्पोर्टस फाउन्डेसन ले जनाएको छ। काठमाडौं म्याराथनको आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले राजनको दिल्ली म्याराथनमा सहभागिताको दर्तालगायत सबै व्यवस्थापन मिलाए जनाएको छ। व्यवस्थापनका […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन सन्तोषी श्रेष्ठलाई सूर्योदय सेकेण्डरी बोर्डिङ स्कुलले नगदसहित शुक्रवार सम्मान गरेको छ। स्कुलको खेलकुद दिवसका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषीलाई सूर्योदयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर के. सी. ले १० हजार रुपैयाँ र कदर पत्रले सम्मान गरे। सन् २०१९ मा स्वदेशमा आयोजना भएको १३औं सागको १० हजार […]