default_image

8 years ago

December 24, 2016

सातौं राष्ट्रिय खेलकुदमा हरिले जिते पहिलो स्वर्ण पदक

125 views

0 Bookmark

दिपेन्द्र पोखरेल विराटनगर – सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुआत पछि स्वर्ण पदक जित्ने त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल पहिलो खेलाडी बनेका छन् ।

Hari Kumar Rimal

फाइल तस्बिर : हरी कुमार रिजाल

इटहरी रंगशालामा शनिबार भएको १ हजार ५ सय मिटर दौडमा उनले स्वर्ण पदक जितेका हुन् । यसै बर्ष रियो ओलम्पिकमा समेत भाग लिएका हरिले ४ मिनेट ४.३८ सेकेन्डमा दौड पुरा गर्दै पहिलो स्थान प्राप्त गरेका हुन् ।सेनाकी छत्रबहादुर दहालले ४ मिनेट ४.७३ सेकेन्डका दोस्रो स्थान हासिल गरे ।

नेपाल पुलिसका करण खड्का (४ मिनेट ११.४५ सेकेन्ड) तेस्रो भए । सातौं राष्ट्रिय खेलकुदको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । औपचारिक सुरुआत शुक्रबार भएपनि केही खेल भने यसअघि नै सम्पन्न भइसकेका छन् । शारीरिक सुगठन, पौडी, ट्रायथोलन र एथलेटिक्सको म्याराथन यसअघि नै सम्पन्न भइसकेका छन्, तीनको पदकलाई पनि यसमै गणना गरिनेछ ।

पुरुष भलिबल सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार पुरुष भलिबलमा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ । पुलिसले इटहरीमा भएको खेलमा मध्यमाञ्चल ३–१ ले हराएको थिययो । पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले पछिल्ला तीन सेट २५–१७,२५–१७,२५–१४ ले जितेको थियो ।

February 21, 2025

१० नेपाली धावक टोकियो म्याराथनमा दौडने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]

February 21, 2025

राजन दिल्ली म्याराथनमा दौडने

काठमाडौं (हाम्रो खेलकुद)- राजन चौधरीले भारतमा हुने दसौं एपोलो टायर्स दिल्ली म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । आइतवार हुने दिल्ली म्याराथनमा १६ औं काठमाडौं म्याराथनका समग्रमा उपविजेता बनेका राजन प्रतिस्पर्धा गर्न लागेको एनआरएस स्पोर्टस फाउन्डेसन ले जनाएको छ। काठमाडौं म्याराथनको आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले राजनको दिल्ली म्याराथनमा सहभागिताको दर्तालगायत सबै व्यवस्थापन मिलाए जनाएको छ। व्यवस्थापनका […]

February 21, 2025

ओलम्पियन सन्तोषीलाई सूर्योदयको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन सन्तोषी श्रेष्ठलाई सूर्योदय सेकेण्डरी बोर्डिङ स्कुलले नगदसहित शुक्रवार सम्मान गरेको छ। स्कुलको खेलकुद दिवसका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषीलाई सूर्योदयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर के. सी. ले १० हजार रुपैयाँ र कदर पत्रले सम्मान गरे। सन् २०१९ मा स्वदेशमा‌ आयोजना भएको १३औं सागको १० हजार […]

Success

Thank you for your time.